Like us!
Follow us!
Connect us!
Watch us!

समृद्धि फाइनान्सको लिलामी सेयर भर्ने आज अन्तिम दिन, कति दिने आवेदन ?

अर्थ संसार

विहीबार, १० असार २०७८, ११ : ०६ मा प्रकाशित

समृद्धि फाइनान्सको लिलामी सेयर भर्ने आज अन्तिम दिन, कति दिने आवेदन ?

समृद्धि फाइनान्स लिमिटेडले असार ३ गते, बिहीबारदेखि लिलाम बढाबढ गरी बिक्री खुल्ला गरेकाे संस्थापक समूहको सेयरमा आवेदन दिने आज (असार १० गते, बिहीबार) अन्तिम दिन रहेकाे छ ।

फाइनान्सले गत मंसिर १० गतेदेखि मंसिर १७ गतेसम्म बिक्री खुल्ला गरेकाे अवितरित हकप्रद सेयरमा आवेदन नपरेकाे १३ लाख ८० हजार ७ सय १८ कित्ता संस्थापक समूहकाे सेयरहरू लिलाम बढाबढ गरी बिक्री खुल्ला गरेकाे थियाे ।

प्रतिकित्ता मूल्य कति ?

उक्त सेयरको न्यूनतम मूल्य प्रतिसेयर एक सय रूपैयाँ तोकिएको छ । लगानीकर्ताले सो वा सो भन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ । 

कति दिने आवेदन ?

लगानीकर्ताले न्युनतम एक सय कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा सम्पूर्ण सेयरका लागि आवेदन दिन सक्नेछन् । 

काे हाे बिक्री प्रबन्धक ?

कम्पनीको निष्कासन तथा बिक्री प्रबन्धक बिओके क्यापिटल मार्केट लिमिटेड रहेको छ । 

कहाँबाट दिने आवेदन ?

लगानीकर्ताहरुले बिओके क्यापिटल मार्केट लिमिटेड, कमलादी काठमाडौँ, बैंक अफ काठमाण्डू लिमिटेडका विराटनगर, विरगंज, जनकपुर, विर्तामाेड, धनुषा, हेटाैँडा, नारायणघाट, पोखरा, बुटवल, बागलुङ, घाेराही, सुर्खेत, नेपालगञ्ज, विरेन्द्रनगर तथा धनगढीका शाखा कार्यालयबाट, ज्योती विकास बैंकको महेन्द्रनगर कञ्चनपुर शाखाबाट र  समृद्धि फाइनान्सको केन्द्रीय कार्यालय, हेटौँडा, पुतलीसडक, बुटवल, पोखरा र नारायणघाट शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको