Like us!
Follow us!
Connect us!
Watch us!

रिभर फल्स पावरले १० लाखभन्दा बढी सेयर लिलामीमा ल्यायो

अर्थ संसार

बुधबार, २६ कार्तिक २०८२, ०७ : ३४ मा प्रकाशित

रिभर फल्स पावरले १० लाखभन्दा बढी सेयर लिलामीमा ल्यायो

रिभर फल्स पावर लिमिटेडले हकप्रद बिक्रीपछि बाँकी रहेका सेयर आजदेखि लिलामीमार्फत बिक्री गर्ने घोषणा गरेको छ। कम्पनीले कार्तिक २६ गतेदेखि १० लाख ३८ हजार ९ सय २४ कित्ता सेयरका लागि लिलामी प्रक्रिया सुरु गरेको हो।

यस लिलामीको व्यवस्थापकको जिम्मेवारी प्रभु क्यापिटल लिमिटेडले लिएको छ। सेयरको आधार मूल्य प्रतिकित्ता १०० रुपैयाँ तोकिएको भए पनि लगानीकर्ताले यसभन्दा माथिको मूल्य कबुल गर्नुपर्नेछ। सबैभन्दा बढी मूल्य प्रस्ताव गर्ने आवेदकले प्राथमिकताका साथ सेयर प्राप्त गर्नेछन्। बाँकी सेयर दोस्रो बढी मूल्य कबुल गर्नेहरुलाई क्रमशः वितरण गरिने व्यवस्था गरिएको छ।

लिलामीमा सहभागी हुन चाहनेले न्यूनतम १०० कित्ताका लागि आवेदन दिनुपर्नेछ। इच्छुक लगानीकर्ताले चाहे सम्पूर्ण उपलब्ध सेयर संख्याका लागि पनि आवेदन दिन सक्नेछन्। आवेदन बुझाउने अन्तिम मिति मङ्सिर ३ गतेसम्म तोकिएको छ।

आवेदन फारम काठमाडौँमा प्रभु क्यापिटलको कमलादीस्थित कार्यालयबाट प्राप्त गर्न र त्यहीँ बुझाउन सकिनेछ। उपत्यकाबाहिरका लगानीकर्ताका लागि प्रभु बैंकका बिराटनगर, हेटौडा, बिरगंज, पोखरा, सुर्खेत, बुटवल र धनगढी शाखाबाट आवेदन दिने सुविधा मिलाइएको छ।

यसअघि नेपाल धितोपत्र बोर्डले कम्पनीलाई यो हकप्रद निष्काशनको अनुमति साउन ९ गते दिएको थियो। रिभर फल्स पावरले त्यसपछि भदौ २३ देखि असोज २६ गतेसम्म १:१ अनुपातमा ७० लाख कित्ता हकप्रद सेयर निष्काशन गरेको थियो। सो अवधिमा ७६ हजार ५ सय १७ जना लगानीकर्ताले आवेदन दिएका थिए, जसअन्तर्गत ५९ लाख ६१ हजार ७६ कित्ता सेयर वितरण भएको थियो। बाँकी रहेका सेयर अहिले लिलामीमार्फत बिक्रीमा आउन लागेका हुन्।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको