Like us!
Follow us!
Connect us!
Watch us!

एशियन लाइफ इन्स्योरेन्सका अवितरित हकप्रद सेयर लिलामीमार्फत बिक्री हुने

अर्थ संसार

आइतबार, १५ भदौ २०८२, ०८ : २९ मा प्रकाशित

एशियन लाइफ इन्स्योरेन्सका अवितरित हकप्रद सेयर लिलामीमार्फत बिक्री हुने

एशियन लाइफ इन्स्योरेन्सले आफ्नो अवितरित हकप्रद सेयर सर्वसाधारणका लागि बिक्री खुला गर्ने भएको छ। कम्पनीले भदौ २२ गतेदेखि भदौ २९ गतेसम्म जम्मा ३ लाख ५८ हजार ५१२ कित्ता सेयर लिलामी प्रक्रियामार्फत बिक्री गर्ने घोषणा गरेको हो।

यसअघि कम्पनीले असार २५ गतेदेखि साउन २० गतेसम्म चुक्ता पुँजी ३ अर्ब ३९ करोड ९८ लाख ३६ हजार ३०७ रुपैयाँ को ४२ प्रतिशत बराबर हकप्रद सेयर बिक्री खुला गरेको थियो।

सोही आधारमा कम्पनीले १ अर्ब ४२ करोड ७९ लाख ३१ हजार २४८ रुपैयाँ बराबरको १ करोड ४२ लाख ७९ हजार ३१२ कित्ता सेयर प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा निष्काशन गरेको थियो।

तोकेको अवधिभित्र बिक्री नभएका संस्थापक समूहका ३० हजार ३८ कित्ता र सर्वसाधारण समूहका ३ लाख २८ हजार ४७३ कित्ता, गरी जम्मा ३ लाख ५८ हजार ५१२ कित्ता सेयर लिलामीमार्फत बिक्रीमा ल्याइनेछ।

यस लिलामीको बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहनेछ। साथै, मुक्तिनाथ विकास बैंकका विभिन्न शाखा कार्यालयहरू—ठिमी, कुमारीपाटी, बिर्तामोड, विराटनगर, वीरगन्ज, जनकपुर, हेटौँडा, नारायणगढ, पोखरा (चिप्लेढुङ्गा), बाग्लुङ, बुटवल, घोराही (दाङ), नेपालगञ्ज, वीरेन्द्रनगर, धनगढी र महेन्द्रनगर—बाट पनि आवेदन दिन सकिने व्यवस्था गरिएको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro Viber

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको