Like us!
Follow us!
Connect us!
Watch us!

दाेस्राे बजारबाट भन्दा हामी बढी प्रतिफल दिनेछाैँ : मनिष घिमिरे

अर्थ संसार

विहीबार, १० असार २०७८, १२ : २० मा प्रकाशित

एनआईसी एशिया सेलेक्ट ३० (इण्डेक्स फण्ड) ले बजारले भन्दा धेरै रिटर्न दिने एनआईसी एशिया क्यापिटलका प्रमुख सञ्चालन अधिकृत मनिष घिमिरेले बताएका छन् । 

अर्थ संसारडटकमसँगको कुराकानीमा बोल्दै उनले एनआईसी एशिया सेलेक्ट ३० (इण्डेक्स फण्ड) इण्डेक्सलाई नै रेप्लिकेट गर्न ल्याइएको फण्ड रहेको बताएका छन् । यो फण्डले सामान्यतय ३० वटा उत्कृष्ट स्टकहरू छनोट गरी ती स्टकहरूमा लगानी गर्दछ । यसरी उत्कृष्ट कम्पनी छनोट गरेर बजारले भन्दा धेरै लगानी रिटर्न गर्ने लक्ष्य रहेको उनले बताएका हुन् ।

क्यापिटलले निष्कासन गरेको यो फण्ड साना लगानीकर्ताहरूलाई लक्षित गरी ल्याइएको हो । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आउने उतारचढावका कारण हुने जोखिमहरू वहन गर्न सक्ने क्षमता कम भएका तथा ठूला कम्पनीहरूमा लगानी गर्न नसक्ने लगानीकर्ताहरूलाई यो फण्ड लगानीको उत्कृष्ट औजार बन्न सक्ने उनी बताउँछन् ।

लामो अवधिको लागि अर्थात् ७ वर्षका लागि निष्कासन गरिएको यो फण्डले वार्षिक २० प्रतिशत भन्दा धेरै लाभांश वितरण गर्ने उनले दाबी गरेका छन् । क्यापिटलको यसअघिका फण्डहरूले पनि राम्रो प्रतिफल दिँदै आएको बताउँदै उनले आफूहरूले काम गरिरहेको अनुभव र छनोट गरिने उत्कृष्ट ३० वटा कम्पनीले गर्दा राम्रो लाभांश वितरण गर्नसक्ने क्षमता रहेको बताएका छन् ।

क्यापिटलले आज (असार १० गते, बिहीबार) देखि १० रुपैयाँ अंकित दरमा एक अर्ब रुपैयाँ बराबरको १० करोड इकाईहरु निष्कासन गरेको हो । जसमध्ये १५ प्रतिशत अर्थात् एक करोड ५० लाख इकाई कोष प्रवर्द्धक एनआईसी एशिया बैंकलाई सुरक्षित गरी बाँकी रहेको ८ करोड ५० लाख इकाई सर्वसाधारणलाई छुट्याइएको छ । आज असार १० गतेबाट निष्कासन भएको यो फण्डमा लगानीकर्ताले छिटोमा असार १४ गतेसम्म र ढिलोमा असार २४ गतेसम्म डिम्याट अकाउन्ट भएका हरेक नेपाली नागरिक तथा विभिन्न लगानीयोग्य संस्थाहरूले न्यूनतम १०० इकाईदेखि अधिकतम १ करोड इकाईसम्म लगानी गर्न सक्नेछन् । 

उनीसँग गरिएकाे कुराकानी तल प्रस्तुत गरिएकाे छ :

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको