Like us!
Follow us!
Connect us!
Watch us!

विश्वकप क्रिकेट लिग–२ : स्पेनमा हुने भनिएको खेल स्थगित

अर्थ संसार

विहीबार, १० असार २०७८, १५ : ५७ मा प्रकाशित

विश्वकप क्रिकेट लिग–२ : स्पेनमा हुने भनिएको खेल स्थगित

स्पेनमा हुने भनिएको आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेपाल, स्कटल्याण्ड र नामिबियाबीचको त्रिकोणात्मक एकदिवसीय सिरिज स्थगित भएको छ ।

कोभिड–१९ का कारण स्पेनमा तय भएको उक्त सिरिज एक वर्षका लागि स्थगित भएको नेपाल क्रिकेट सङ्घ (क्यान) का सचिव अशोकनाथ प्याकुरेलले जानकारी दिएका छन् । उक्त सिरिज जुलाई अन्तिममा हुने तालिका रहेको थियो ।

क्यानका सचिव प्याकुरेलका अनुसार सिरिज सन् २०२२ जुलाईसम्मका लागि स्थगित भएको छ । उक्त प्रतियोगिताका लागि नेपालले यही असार ८ गतेदेखि बन्द प्रशिक्षण शुरु गरेको थियो ।

लिग–२ अन्तर्गत नेपालले घरेलु मैदानमा ओमान र अमेरिकासँग चार खेल खेलिसकेको छ । लिगमा नेपालले चार खेलमा चार अङ्क जोडेको छ । नेपाल छैटौँ स्थानमा रहेको छ । ओमान १० खेलमा १६ अङ्क जोडेर शीर्ष स्थानमा रहेको छ । बाह्र खेलमा १२ अङ्क जोडेको अमेरिका दोस्रो स्थानमा रहेको छ । (रासस)

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको