Like us!
Follow us!
Connect us!
Watch us!

जनरल इन्स्योरेन्सले डाक्यो स्थगित साधारण सभा, अब कहिले ?

अर्थ संसार

शुक्रबार, ११ असार २०७८, ११ : ४७ मा प्रकाशित

जनरल इन्स्योरेन्सले डाक्यो स्थगित साधारण सभा, अब कहिले ?

जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले यसअघि स्थगित भएकाे साधारण सभा फेरि आह्वान गरेकाे छ ।  अब उक्त सभा असार २१ गते, साेमबार कम्पनीकाे केन्द्रिय कार्यालय, हात्तीसार, काठमाडाैँमा बिहान ११ बजेदेखि सुरू हुनेछ ।

यसअघि वैशाख २६ गते कम्पनीकाे आफ्नै केन्द्रिय कार्यालय हात्तीसार, काठमाडौंमा गर्ने भनिएको तेश्राे वार्षिक साधारण सभा विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको कारण काठमाडौं लगायत अन्य स्थानमा गरिएको निषेधाज्ञा जारी भएको कारण स्थगित गरिएको थियाे ।

सभामा कम्पनीकाे सञ्चालक समितिकाे तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७६/७७ काे लेखापरीक्षण प्रतिवेदन, आर्थिक वर्ष २०७७/७८ को लागि लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक ताेक्ने लगायतका एजेन्डाहरू छलफल गरी पारित गरिनेछ । साथै सर्वसाधारण सेयरधनीहरुको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व हुने गरी एक महिलासहित दुई सञ्चालकको निर्वाचन समेत सभाले अनुमोदन गर्नेछ। कम्पनीले कोभिड-१९ राहत कोषमा सहयोग गरेको रकम अनुमोदन गर्ने विशेष प्रस्ताव रहेको छ ।  

त्यसैगरी, साधारण सभा प्रयोजनका लागि वैशाख १० गते बन्द गरिएको थियाे । त्यसैले उक्त मितिसम्म कायम शेयरधनीहरु मात्र सभामा भाग लिन सक्नेछन् ।

कम्पनीले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

60d575e3b8bf8.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको