Like us!
Follow us!
Connect us!
Watch us!

जनरल इन्स्योरेन्सले डाक्यो विशेष साधारण सभा, सेयर संरचना परिवर्तनको प्रस्ताव

अर्थ संसार

सोमबार, २७ भदौ २०७९, ०७ : २२ मा प्रकाशित

जनरल इन्स्योरेन्सले डाक्यो विशेष साधारण सभा, सेयर संरचना परिवर्तनको प्रस्ताव

जनरल इन्स्योरेन्स लिमिटेडले विशेष साधारणसभा बोलाएको छ । इन्स्योरेन्स कम्पनीको सञ्चालक समितिको आईतबार बसेको बैठकले विशेष साधारणसभा असोज ११ गते अमृतभोग कालिकास्थान काठमांडौमा बिहान ११ बजेबाट डाकेको हो ।

सभाले सानिमा जनरल इन्स्योरेन्स कम्पनी एक आपसमा गाभिने(मर्जर) को प्रस्ताव पारित गर्ने छ । मर्जर पश्चात बन्ने कम्पनीको नाम सानिमा जिआईसी इन्स्योरन्स लिमिटेड रहने छ । दुई कम्पनीका बिचमा भएको डिडिएबाट १ः१ को रेसियोमा मर्जरमा जाने प्रस्ताव समेत सभाले पारित गर्नेछ । 

त्यस्तै सभाले हाल कायम रहेको सेयर संरचनालाई परिमार्जन गरी संस्थापक र साधारण सेयरधनीहरुको सेयर अनुपात ५१ः४९ बनाउने प्रस्ताव समेत पारित गर्ने छ । 

कम्पनीले विशेष साधारणसभा प्रयोजनार्थ असोज ६ गते बुकक्लोज गर्ने निर्णय गरेको छ यसर्थ असोज ५ गतेसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीहरुले मात्र सभामा सहभागि हुन पाउने छन् । तर कम्पनी मर्जर प्रक्रियामा भएकाले हाल दोस्रो बजारमा कम्पनीको सेयर कारोबार रोक्का छ । 

कम्पनीले जारी गरेको सूचनाः 

631e8daa47a04.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको