Like us!
Follow us!
Connect us!
Watch us!

मालामाल हुने जीवन विकासको आईपीओमा आवेदनको बाढी, कति पर्यो आवेदन ?

अर्थ संसार

शुक्रबार, ११ असार २०७८, १७ : ३६ मा प्रकाशित

मालामाल हुने जीवन विकासको आईपीओमा आवेदनको बाढी, कति पर्यो आवेदन ?

जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको (आज) शुक्रबारदेखि निश्कासन गरेको साधारण सेयर (आईपीओ) मा आवेदनको बाढी लागेको छ । पोहिलो दिनमै माग भन्दा बढी कित्ताका आवेदन रहेको छ ।

सीडीएससीका अनुसार आज साँझ ५ बजेसम्म जीवन विकास लघुवित्तको आईपीओमा ६ लाख ६ हजार ६४४ आवेदकबाट कुल ९४ लाख ७१ हजार २४० कित्ता खरिदका लागि आवेदन परेको छ। यस हिसाबले यो आईपीओमा आजै मागभन्दा ५.१२ प्रतिशत बढी कित्ताका लागि आवेदन परेको हो।

संस्थाले  आज (असार ११ गते शुक्रबार) बाट प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका कूल १९ करोड ७७ लाख ३० हजार रुपैयाँ बराबरको १९ लाख ७७ हजार ३ सय कित्ता आईपीओ निष्कासन तथा बिक्री खुल्ला गरेकाे हाे । जसमध्ये कुल पुँजीको ०.५ प्रतिशतले हुन आउने ३० हजार ४२० कित्ता संस्थाका कर्मचारीहरुलाई र सर्वसाधारणका लागि जारी गर्न लागेको पुँजीको ५ प्रतिशतले हुन आउने ९८ हजार ८६५ कित्ता सामुहिक लगानी कोषका लागि छ्ट्याइएको छ भने बाँकी १८ लाख ४८ हजार १५ कित्ता सर्वसाधारणका लागि छुट्याइएको छ ।

How To Apply IPO Through MERO SHARE | मेरो सेयरबाट आईपिओमा आवेदन कसरी दिने ?

उक्त आईपीओमा लगानीकर्ताहरुले न्यूनतम १० कित्ता र अधिकतममा १ हजार कित्ताका लागि छिटोमा असार १५ गते र ढिलोमा असार २५ गतेसम्म आवेदन दिन सक्नेछन् ।

संस्थाको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको काम एनएमबि क्यापिटल लिमिटेडले गरेकाे छ । लगानीकर्ताहरुले नेपाल धितोपत्रबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखाहरुबाट आवेदन दिन सकिनेछ भने अनलाईन मार्फत मेरो सेयर एप र मेरो सेयर सफ्वेयर मार्फत पनि आवेदन दिन सक्नेछन् ।

मार्केट भन्दा धेरै लगानी रिटर्न NIC Asia Select 30 ले गर्ने | आवेदन खुल्ला | Manish Ghimire

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको