Like us!
Follow us!
Connect us!
Watch us!

धितोपत्र बोर्डले मर्चेन्ट बैंकरको आवेदन नलिने

शुक्रबार, ०५ कार्तिक २०७३, १४ : ०२ मा प्रकाशित

धितोपत्र बोर्डले मर्चेन्ट बैंकरको आवेदन नलिने

अर्थ संसार
 काठमाडौं– धितोपत्र बोर्डले अब धितोपत्र ब्यवसायी (मर्चेन्ट बैंकर) को आवेदन नलिने भएको छ ।  बोर्डले मर्चेन्ट वैकिङ्ग सम्वन्धी नियमावली संशोधन नभएसम्म नयाँ आवेदन लिने कार्य स्थगित गरिएको जनाएको छ ।

 हाल बोर्डवाट १९ वटा संगठित संस्थाहरुले मर्चेन्ट बैंकरको अनुमतिपत्र पाएका छन् । अरु १० वटा संगठित संस्थाले अनुमतिपत्रका लागि बोर्डमा निवेदन दिएका छन् । विद्यमान बजारमा वैंक तथा वित्तीय संस्था र बीमा सम्वन्धी संस्थाहरुको वाहुल्य छ । नियामक निकायले अहिले वैंक तथा वित्तीय संस्था तथा बीमा सम्वन्धी संस्थाहरुको अनुमतिपत्र प्रदान गर्ने प्रक्रिया स्थगित गरेका छन् ।

यही बेला मर्चेन्ट बैंकरहरुले वहन गर्ने जिम्मेवारी तथा लिने जोखिम, करिव १० वर्षअगाडिकोे पूँजी सम्वन्धी व्यवस्था, पूर्वाधार व्यवस्था, व्यवसायिक क्षेत्रको विस्तार आदिको सम्वन्धमा अध्ययन गरी मर्चेन्ट वैकिङ्ग व्यवसायको दायरा वढाउने, पूर्वाधार व्यवस्था सुदृढ गरी सेवाको स्तर वृद्धि गर्ने उद्देश्यले मर्चेन्ट बैकिङ्ग सम्वन्धी नियमावली संशोधन प्रक्रिया अगाडि वढाईएको बोर्डले जनाएको छ ।

‘यही परिस्थितिलाई मध्यनजर गर्दै बोर्डको प्रक्रियामा प्रवेश भैसकेका आवेदनहरुलाई विद्यमान नियमावलीको व्यवस्थाअनुसार अनुमतिपत्रको लागि कार्य अगाडि वढाइनेछ,’ बोर्डले भनेको छ, मर्चेन्ट वैकिङ्ग सम्वन्धी नियमावली संशोधन नभईन्जेलसम्म मर्चेन्ट बैंकरहरुको आवेदन लिने कार्य स्थगित गरिएको छ ।’
 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको