Like us!
Follow us!
Connect us!
Watch us!

१४१ प्रतिशतले बढ्यो सूर्याेदय वोमी लघुवित्तको नाफा, वितरणयोग्य मुनाफा कति ?

अर्थ संसार

आइतबार, २७ बैशाख २०८३, १० : २५ मा प्रकाशित

१४१ प्रतिशतले बढ्यो सूर्याेदय वोमी लघुवित्तको नाफा, वितरणयोग्य मुनाफा कति ?

सूर्याेदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडको नाफामा उल्लेख्य सुधार देखिएको छ । कम्पनीले सार्वजनिक गरेको चालू आर्थिक वर्ष २०८२÷०८३ को तेस्रो त्रैमासिकसम्म अपरिष्कृत वित्तीय विवरण अनुसार नाफामा १४१ प्रतिशतको सुधार देखिएको हो । 

चालू आर्थिक वर्षको चैत मसान्तसम्म संस्थाले १८ करोड ९३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा संस्थाको नाफा ७ करोड ८६ लाख रुपैयाँ रहेको थियो । समीक्षा अवधिमा संस्थाको खुद ब्याज आम्दानी पनि उल्लेखनीय रूपमा बढेको छ । गत वर्ष ४८ करोड ५९ लाखरुपैयाँ रहेको खुद ब्याज आम्दानी बढेर यस वर्ष ६६ करोड ५ लाख रुपैयाँ पुगेको छ। त्यस्तै खुद शुल्क तथा कमिसन आम्दानी पनि ९ करोड ९९ लाख रुपैयाँबाट बढेर १० करोड ४८ लाख रुपैयाँ पुगेको छ ।

संस्थाको कुल सञ्चालन आम्दानी ५८ करोड ५८ लाख रुपैयाँबाट बढेर ७६ करोड ५४ लाख रुपैयाँ पुगेको छ भने सञ्चालन मुनाफा ११ करोड २४ लाख रुपैयाँबाट वृद्धि भएर २७ करोड ५ लाख रुपैयाँ पुगेको छ । वितरणयोग्य मुनाफा १४ करोड ६४ लाख रुपैयाँ भन्दा बढी रहेको छ । समीक्षा अवधिका प्रतिसेयर आम्दानी (ईपीएस) पनि उल्लेखनीय रूपमा बढेको छ । गत वर्ष वार्षिकीकृत प्रतिसेयर आम्दानी ९ रुपैयाँ ४८ पैसा रहेकोमा यस वर्ष बढेर २२ रुपैयाँ ८२ पैसा पुगेको छ । त्यस्तै प्रतिसेयर नेटवर्थ १४५ रुपैयाँ ७१ पैसा कायम भएको विवरणमा उल्लेख छ । 

संस्थाको चुक्ता पूँजी १ अर्ब १० करोड ६२ लाख रुपैयाँ रहेको छ भने जगेडा कोष ४३ करोड ६ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष यही अवधिमा जगेडा कोष ४० करोड ६३ लाख रुपैयाँ मात्रै रहेको थियो। कर्जा विस्तारतर्फ पनि संस्था सक्रिय देखिएको छ । ग्राहकलाई प्रवाह गरिएको कर्जा तथा सापटी १ अर्ब १८ करोड ५४ लाख रुपैयाँबाट बढेर १ अर्ब २२ करोड ९१ लाख रुपैयाँ पुगेको छ । त्यस्तै ग्राहक निक्षेप ५ अर्ब ३९ करोड ९० लाख रुपैयाँबाट बढेर ६ अर्ब ३१ करोड ७२ लाख रुपैयाँ नाघेको छ ।

यता निष्क्रिय कर्जा अनुपात (एनपीएल) ५.२६ प्रतिशतबाट बढेर १७.९० प्रतिशत पुगेको देखिन्छ जुन चुनौतीपूर्ण पक्षका रूपमा देखिएको छ । यद्यपि आधार दर १३.६३ प्रतिशतबाट घटेर १२.३२ प्रतिशतमा झरेको छ भने ब्याजदर अन्तर ६.८० प्रतिशतबाट बढेर ७.९५ प्रतिशत पुगेको छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको