Like us!
Follow us!
Connect us!
Watch us!

लघुबीमाबारे अध्ययन गर्दै समिति

पत्रपत्रिका

आइतबार, १३ असार २०७८, ०७ : ०१ मा प्रकाशित

लघुबीमाबारे अध्ययन गर्दै समिति

लघुबीमाको दायरा बढ्न नसकेपछि बीमा समितिले त्यस विषयमा अध्ययन गर्न कार्यदल बनाएको छ । समितिले गत हप्ता ४ सदस्यीय अध्ययन समिति बनाएको हो । समितिले निर्देशक सुशीलदेव सुवेदीको संयोजकत्वमा ४ सदस्यीय अध्ययन समिति बनाएको हो । त्यसमा समितिकी उपनिर्देशक पुनम ज्ञवाली, सगरमाथा इस्योरेन्सका प्रमुख कार्यकारी अधिकृत चंकी क्षत्री र सिटिजन लाइफका सीईओ पोषकराज पौडेल सदस्य रहेका छन् ।

अध्ययन समितिले गत बिहीवारदेखि काम शुरू गरिसकेको छ । त्यस समितिले २० दिनभित्र अध्ययन सकेर त्यसको प्रतिवेदन बीमा समितिमा पेश गर्नुपर्ने छ । समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले लघुबीमासम्बन्धी अध्ययन गर्न कार्यदल बनाएको बताए । ‘लघुबीमाको दायरा अझै पनि विस्तार हुन सकेन । त्यसैले यस विषयमा अध्ययन गर्न कार्यदल बनाएका हौं,’ उनले भने, ‘कार्यदलले लघुबीमाको विस्तारमा केकस्ता समस्या छन् भनेर अध्ययन गरिनेछ । साथै, लघुबीमाको व्यवसाय विस्तार गर्न केकस्ता काम गर्नुपर्छ भन्ने विषयमा पनि अध्ययन समितिले सुझाव दिनेछ ।’

हाल नेपालमा बीमाको पहुँच २३ प्रतिशत जनतामा रहेको छ । तर, सरकारले आगामी आर्थिक वर्षमा त्यो ३३ दशमलव ३३ प्रतिशत जनतामा पुर्‍याउने लक्ष्य लिएको छ । उक्त लक्ष्य प्राप्ति गर्न समितिले विभिन्न काम गर्दै आएको छ । सोही क्रममा समितिले लघुबीमाको दायरा बढाउने गरी अध्ययन अगाडि बढाएको हो । अभियान दैनिकमा समाचार छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको