चालू आर्थिक वर्ष २०८१/०८२ को ११ त्रैमाससम्मको अवधिमा चारवटा निर्जीवन लघुबीमा कम्पनीहरूले ८४ करोड ९५ लाख रुपैयाँभन्दा बढी कुल बीमाशुल्क आर्जन गरेका छन् ।
कुनको कति ?
नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार, यो अवधिमा नेपाल माइक्रो इन्स्योरेन्स सर्वाधिक बीमाशुल्क आर्जन गर्ने कम्पनी बन्न सफल भएको छ। यस कम्पनीले २३ करोड ७९ लाख ५७ हजार रुपैयाँ बराबरको कुल बीमाशुल्क आर्जन गरेको छ। त्यसपछिको स्थानमा रहेको प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स कम्पनीले २२ करोड १० लाख रुपैयाँ, स्टार माइक्रो इन्स्योरेन्स कम्पनीले २० करोड १७ लाख रुपैयाँभन्दा बढी, र ट्रस्ट माइक्रो लाइफ इन्स्योरेन्सले १८ करोड ८७ लाख रुपैयाँभन्दा बढी बीमाशुल्क आर्जन गरेका छन्।
यी चार कम्पनीले ३ लाख ३९ हजार २१४ वटा बीमालेख जारी गरेर उक्त बीमाशुल्क संकलन गरेका हुन्। मात्र चैत महिनामै, यी कम्पनीहरूले ८ करोड २६ लाख रुपैयाँ बराबरको बीमा व्यवसाय गरेका छन्।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस