Like us!
Follow us!
Connect us!
Watch us!

सेयर बजारमा सुधारको संकेत, के दिगाे रहला ?

नेप्से

आइतबार, १३ असार २०७८, १४ : ४८ मा प्रकाशित

सेयर बजारमा सुधारको संकेत, के दिगाे रहला ?

निरन्तर ओरालो लाग्दै राताम्मै बनिरहेको सेयर बजारमा यस साताकाे पहिलाे काराेबार दिन आज (आइतबार) भने हरियाली देखिएको छ । असार १ गते मंगलबार नियामक निकाय नेपाल धिताेपत्र बाेर्डले ५१ वटा कम्पनीकाे नामसहित विज्ञप्ति सार्वजनिक गरेकाे हुनाले सेयर बजारमा त्यसकाे प्रत्यक्ष प्रभाव परेकाे थियाे । सेयर बजार नकारात्मक हुँदै गएपछि लगानीकर्ताहरू पनि निराश भएका थिए ।

आइतबार फेरि नेप्सेमा हरायाली छाएको छ । सेयर बजारमा हरियाली छाएसँगै लगानीकर्ताहरू पनि उत्साहित बनेका छन् । 

नेपाल स्टक एक्सचेञ्जका अनुसार आइतबार सेयर कारोबार मापक नेप्से परिसूचक २७.३८ अंकले बढेर २८७०.३८ मा पुगेकाे छ । नेप्से ०.९६ प्रतिशतले बढेकाे हो । यस्तै सेन्सेटिभ परिसूचक ३.७६ अंकले बढेर ५२९.४१ मा पुगेको छ ।

कूल २२७ वटा कम्पनीकाे २ करोड ९ लाख ७४ हजार ३ सय ७७ कित्ता सेयर खरिदबिक्री हुँदा ७ अर्ब १६ करोड ७४ लाख ३२ हजार ७ सय २८ रुपैयाँको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज ८ वटा उपसमूहकाे परिसूचक बढेकाे छ भने बाँकी ५ वटा उपसमूहकाे परिसूचक घटेकाे छ ।

त्यसैगरी, आइतबार हाइड्राेपावर कम्पनीकाे सेयरमा लगानीकर्ताकाे आकर्षण बढेकाे देखिएकाे छ । सर्वाधिक नाफा कमाउने कम्पनीहरूमा अधिकांश हाइड्राेपावर कम्पनीहरू परेका छन् । सर्वाधीक काराेबार हुने कम्पनीहरूमा पनि केही हाइड्राेपावर परेका छन् ।

काराेबार रकमका आधारमा आज नेशनल हाइड्राेपावर कम्पनी लिमिटेडले अग्रता हासिल कायम गरेकाे छ । कम्पनीकाे ४० कराेड ७० लाख २५ हजार रूपैयाँ भन्दा धेरैकाे काराेबार भएकाे छ । 

आइतबार सर्वाधिक नाफा कमाउने कम्पनीहरूमा सेञ्चुरी कमर्सियल बैंक, अपर तामाकाेशी, युनाइटेड इदी मर्दी, रिडी हाइड्राेपावर, सिभिल बैंक, नेशनल हाइड्राेपावर आदि रहेका छन् । 

त्यसैगरी, आइतबार गाेर्खाज फाइनान्स, प्राेग्रेशिभ फाइनान्स, रिलायन्स फाइनान्स, नारायणी डेभलपमेन्ट बैंक लगायतका सेयरधनीहरूले गुमाएका छन् ।

हेराैँ आजको सेयर तालिका :

60d847132b2f9.jpg 60d84717e3f2a.jpg 60d8471e3962c.jpg 60d84723f14c0.jpg 60d84729e4480.jpg 60d8472f57cfc.jpg 60d84748b7718.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको