Like us!
Follow us!
Connect us!
Watch us!

युनियन लाइफलाई ६४.५ लाख कित्ता आईपिओ निष्काशनको अनुमति, कहिलेबाट खुल्छ ?

अर्थ संसार

सोमबार, १४ असार २०७८, १० : २८ मा प्रकाशित

युनियन लाइफलाई ६४.५ लाख कित्ता आईपिओ निष्काशनको अनुमति, कहिलेबाट खुल्छ ?

नियामक निकाय नेपाल धितोपत्र बोर्डले युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेलाई आईपीओ निष्कासनको अनुमति प्रदान गरेको छ ।

आईतबार नै कम्पनीलाई आईपिओ निष्काशनको अनुमति प्रदान गरिएको भएपनि आज मात्र कम्पनीले आईपिओको अनुमति प्राप्त गरेको सुचना धितोपत्र बोर्डको वेबसाईटमा राखिने बोर्डले जनाएको छ । 

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ६४ करोड ५० लाख रुपैयाँ बराबरको ६४ लाख ५० हजार साधारण सेयर (आईपीओ) निष्कासन गर्न जेठ ९ गते आइतबार सेबोनमा निवेदन पेश गरेको थियो । कम्पनीको उक्त आईपीओको निष्कासन तथा बिक्री प्रबन्धकको काम प्रभु क्यापिटल लिमिटेडले गर्नेछ ।

बोेर्डले आईपिओ निष्काशनको अनुमति दिएपछि अब यसै असार महिना भित्रमै आईपिओ बिक्रि खुल्ला गर्नेगरी तयारी भईरहेको स्रोतले जनाएको छ । 

कम्पनीको साधारण सेयर (आईपीओ) लाई रेटिङ एजेन्सी इक्रा नेपालले ‘इक्रा आइआर बीबीबी’ रेटिङ प्रदान गरेको छ । यस रेटिङले कम्पनीको समयमा वित्तीय दायित्व पूरा गर्ने क्षमता औसतमा मध्यम जोखिम रहेको संकेत गर्दछ । यो रेटिङले कम्पनीको आधारभूत अवस्था मध्यम रहेको संकेत गर्दछ ।

हाल कम्पनीको चुक्ता पूँजी १ अर्ब ५० करोड ५० लाख रूपैयाँ रहेको छ ।  साधारण सेयर (आईपीओ) निष्कासन गरे पश्चात कम्पनीको चुक्ता पूँजी २ अर्ब नाघ्नेछ । बीमा समितिको निर्देशन अनुसार चुक्तापूँजी २ अर्ब पुर्याउनुपर्ने भएकाले कम्पनी आईपीओ निष्कासन गर्न लागेको हो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको