Like us!
Follow us!
Connect us!
Watch us!

नागरिक लगानी कोषले सहभागीलाई थप प्रतिफल दिने

अर्थ संसार

मंगलबार, १५ असार २०७८, १४ : २४ मा प्रकाशित

नागरिक लगानी कोषले सहभागीलाई थप प्रतिफल दिने

नागरिक लगानी कोषले कर्मचारी बचत वृद्धि स्वीकृत अवकाश कोष कार्यक्रमका सबै सहभागीलाई सोही कार्यक्रमको सञ्चित नाफाबाट १ (एक) प्रतिशत थप प्रतिफल दिने भएको छ ।

अवकाश कोष सञ्चालन कार्यविधि,२०५९ को दफा १० (३) मा भएको व्यवस्था अनुसार २०७७ असार मसान्तसम्मका सहभागीहरुको मौज्दात रकममा थप प्रतिफल प्रदान गरिने भएको हो । यस प्रयोजनका लागि करिव १ अर्ब ३ करोड रुपैयाँ बराबर सहभागीलाई वितरण हुने कोषका सूचना अधिकारी उद्धव सिलवालले बताएका छन् । 

यसबाट सहभागीहरुलाई विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को असरबाट पर्न गएको आर्थिक प्रभावलाई समेत केही मात्रामा सहयोग पुर्याउने विश्वास कोषले लिएको छ ।  

उक्त प्रतिफल रकम सम्बन्धित सहभागीहरुको खातामा जम्मा गरिएको छ । कोषले यस कार्यक्रममा ब्याजदरको अतिरिक्त थप प्रतिफल निरन्तर रुपमा दिने नीति लिएको छ । साथै, नागरिक लगानी कोषबाट सञ्चालित अन्य कार्यक्रम (ट्रस्टी) हरुमा समेत आम्दानीको आधारमा थप प्रतिफल प्रदान गर्ने नीति रहेको कोषले जानकारी दिएको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको