Like us!
Follow us!
Connect us!
Watch us!

स्वावलम्बन लघुवित्तले सेयर बिक्री गर्ने, सेयर मूल्य कति ?

अर्थ संसार

मंगलबार, १५ असार २०७८, १५ : २६ मा प्रकाशित

स्वावलम्बन लघुवित्तले  सेयर बिक्री गर्ने, सेयर मूल्य कति ?

स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडको संस्थापक सेयर बिक्री खुल्ला  गर्ने भएको छ ।  

संस्थाको संस्थापक समूह अन्र्तगतको  एक लाख ९० हजार ६५० कित्ता सेयर  बिक्री खुल्ला गर्ने भएको हो ।  संस्थाले जारी गरेको सूचना अनुसार उक्त संस्थापक सेयरको प्रतिकित्ता न्यूनतम मूल्य  ७ सय ५१ रुपैयाँ तोकिएको छ । संस्थापक सेयर बोलकबोलको माध्यमबाट न्यूनतम १,००० कित्ता र अधिकतम सेयर संख्याको लागि कुनै हद नलाग्ने जनाइएको छ ।

साथै, विद्यमान संस्थापकहरुलाई प्राथमिकता दिई यो लिलामको सूचनाप्रकाशन गरी ३५ दिनको समय दिएको हुनाले संस्थापक सेयरधनीहरुलाई छुट्टै ३५ दिनको सूचना प्रकाशित नगरिएको जानकारी  गराएको छ ।

संस्थापक सेयर खरिदका लागि योग्य इच्छुक विद्यमान संस्थापकहरु वा जो कोही व्यक्ति,कम्पनी ,संघ,संस्थाहरुले मिति २०७८ जेठ २४गते देखि मिति २०७८ असार २७ गते सम्ममा बिक्री प्रबन्धक  एनआईबिएल एस क्यापिटल लिमिटेड, लाजिम्पाट, काठमाण्डौंमा आइपुग्ने गरी प्रतिकित्ता आफूले लिन चाहेको दररेटका साथ सम्पूर्ण विवरण खुलाई गोप्य शिलबन्दी बोलपत्र मार्फत आवेदन पेश गर्न सकिने जनाइएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको