Like us!
Follow us!
Connect us!
Watch us!

जीवन विकास लघुवित्तको आईपीओमा नयाँ रेकर्ड, १८ लाख भन्दा धेरैकाे हात खाली हुने पक्का

अर्थ संसार

मंगलबार, १५ असार २०७८, १८ : ०७ मा प्रकाशित

जीवन विकास लघुवित्तको आईपीओमा नयाँ रेकर्ड, १८ लाख भन्दा धेरैकाे हात खाली हुने पक्का

जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडकाे साधारण सेयर (आईपीओ) ले रेकर्ड ब्रेक गरेकाे छ । कम्पनीकाे आईपीओमा हालसम्म कै उच्च आवेदन परेकाे छ ।

निष्कासन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेडको अनुसार अन्तिम दिन आज (असार १५ गते, मंगलबार) बेलुका ५:४५ बजेसम्ममा २० लाख ८४ हजार ७ सय ६२ जना आवेदकले ३ करोड १२ लाख ६६ हजार २६० कित्ताको लागि आवेदन दिएका छन् । यो मागभन्दा  १६.९१ गुणा बढी हो । यो आवेदन संख्या पनि हालसम्मकै उच्च हो । तर अन्तिम तथ्यांक आउन बाँकी भएकाे हुनाले थाेरै तलमाथि हुन सक्नेछ ।

संस्थाले असार ११ गते शुक्रबार बाट प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका कूल १९ करोड ७७ लाख ३० हजार रुपैयाँ बराबरको १९ लाख ७७ हजार ३ सय कित्ता आईपीओ निष्कासन तथा बिक्री खुल्ला गरेको हो । जसमध्ये कुल पुँजीको ०.५ प्रतिशतले हुन आउने ३० हजार ४२० कित्ता संस्थाका कर्मचारीहरुलाई र सर्वसाधारणका लागि जारी गर्न लागेको पुँजीको ५ प्रतिशतले हुन आउने ९८ हजार ८६५ कित्ता सामुहिक लगानी कोषका लागि छ्ट्याइएको छ भने बाँकी १८ लाख ४८ हजार १५ कित्ता सर्वसाधारणका लागि छुट्याइएको थियाे ।

संस्थाको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको काम एनएमबि क्यापिटल लिमिटेडले गरेको थियाे । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको