Like us!
Follow us!
Connect us!
Watch us!

नेको इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

अर्थ संसार

विहीबार, १७ असार २०७८, ०८ : १२ मा प्रकाशित

नेको इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

नेको इन्स्योरेन्स कम्पनी लिमिटेडको लाभांश सुरक्षित गर्ने आज (असार १७ गते,बिहीबार) अन्तिम दिन रहेको छ । कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि भोलि (असार १८ गते, शुक्रबार) बुक क्लोज गर्दैछ । त्यसैले आजसम्म कायम सेयरधनीले लाभांश प्राप्त गर्न  र साधारण सभामा भाग लिन सक्नेछन् । 

कम्पनीले असार ३१ गते २५औं साधारण सभा बोलाएको छ ।  कम्पनीको असार १० गते बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णयानुसार उक्त सभा कम्पनीको भवन ज्ञानेश्वर, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ । सभाले गत आर्थीक वर्षको नाफाबाट सेयरधनीलाई १५.५ प्रतिशत बोनस सेयर र ०. ८३ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव पारित गर्नेछ  । 

त्यसैगरी, सभाले कम्पनीको जारी तथा चुक्तापूँजी वृद्धि गर्ने, गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नुका साथै लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्नेछ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको