Like us!
Follow us!
Connect us!
Watch us!

नेकाे इन्स्योरेन्सले गर्याे लाभांश घाेषणा, कस्ताे छ १० वर्षदेखिकाे लाभांश इतिहास ?

अर्थ संसार

सोमबार, १९ मंसिर २०७९, १० : ५० मा प्रकाशित

नेकाे इन्स्योरेन्सले गर्याे लाभांश घाेषणा, कस्ताे छ १० वर्षदेखिकाे लाभांश इतिहास ?

नेकाे इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश घाेषणा गरेकाे छ । 

कम्पनीकाे हिजाे मंसिर १८ गते, आइतबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट कम्पनीका सेयरधनीहरूलाई हाल कायम चुक्ता पूँजीकाे १५ प्रतिशत बाेनस सेयर र कर प्रयाेजनका लागि ०.७९ प्रतिशत नगद गरी कुल १५.७९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेकाे हाे ।

उक्त लाभांश बीमा समितिबाट स्विकृत भएर कम्पनीकाे वार्षिक साधारण सभाले अनुमाेदन गरेपछि वितरण गरिनेछ ।

नेको इन्स्योरेन्स कम्पनी लिमिटेडको ९ वर्षको लाभांश इतिहास यस प्रकारकाे छ :

१. आर्थिक वर्ष २०६७/६८ : आर्थिक वर्ष २०६७/६८ मा कम्पनीले आफ्ना सेयरधनीहरूलाई ५ प्रतिशत बाेनस वितरण गरेकाे थियाे । याे वर्ष कम्पनीले नगद दिएकाे थिएन ।

२. आर्थिक वर्ष २०६८/६९ : आर्थिक वर्ष २०६८/७९ मा कम्पनीले आफ्ना सेयरधनीहरूलाई ११.५ प्रतिशत बाेनस वितरण गरेकाे थियाे । याे वर्ष पनि कम्पनीले नगद दिएकाे थिएन ।

३. आर्थिक वर्ष २०७०/७१ : आर्थिक वर्ष २०७०/७१ मा कम्पनीले आफ्ना सेयरधनीहरूलाई १२.७१ प्रतिशत बाेनस र ०.६७ प्रतिशत नगद गरि कूल १३.३८ प्रतिशत लाभांश वितरण गरेकाे थियाे ।

४. आर्थिक वर्ष २०७१/७२ : आर्थिक वर्ष २०७१/७२ मा कम्पनीले आफ्ना सेयरधनीहरूलाई १५ प्रतिशत बाेनस र ०.६८ प्रतिशत नगद गरि कूल १५.६८ प्रतिशत लाभांश वितरण गरेकाे थियाे ।

५. आर्थिक वर्ष २०७२/७३ : आर्थिक वर्ष २०७२/७३ मा कम्पनीले आफ्ना सेयरधनीहरूलाई २० प्रतिशत बाेनस र १.०५ प्रतिशत नगद गरि कूल २१.०५ प्रतिशत नै लाभांश वितरण गरेकाे थियाे ।

६. आर्थिक वर्ष २०७३/७४ : आर्थिक वर्ष २०७३/७४ मा कम्पनीले आफ्ना सेयरधनीहरूलाई १० प्रतिशत बाेनस र ०.५२ प्रतिशत नगद गरि कूल १०.५२ प्रतिशत नै लाभांश वितरण गरेकाे थियाे ।

७. आर्थिक वर्ष २०७४/७५ : आर्थिक वर्ष २०७४/७५ मा कम्पनीले आफ्ना सेयरधनीहरूलाई १२ प्रतिशत बाेनस र ०.६३ प्रतिशत नगद गरि कूल १२.६३ प्रतिशत नै लाभांश वितरण गरेकाे थियाे ।

८. आर्थिक वर्ष २०७५/७६ : आर्थिक वर्ष २०७५/७६ मा कम्पनीले आफ्ना सेयरधनीहरूलाई ८.१६ प्रतिशत नगद लाभांश वितरण गरेकाे थियाे । याे वर्ष कम्पनीले बाेनस दिएकाे थिएन ।

९. आर्थिक वर्ष २०७६/७७ : आर्थिक वर्ष २०७६/७७ मा कम्पनीले आफ्ना सेयरधनीहरूलाई १५.५ प्रतिशत बाेनस र ०.८२ प्रतिशत नगद गरि कूल १६.३२ प्रतिशत नै लाभांश वितरण गरेकाे थियाे ।

१०. आर्थिक वर्ष २०७७/७८ : आर्थिक वर्ष २०७७/७८ मा कम्पनीले आफ्ना सेयरधनीहरूलाई १५ प्रतिशत बाेनस र ०.७९ प्रतिशत नगद गरि कूल १५.७९ प्रतिशत लाभांश वितरण गरेकाे थियाे ।

सूचना हेर्नुहाेस् :

638d7c73d2857.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको