Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा नेको इन्स्योरेन्सको सेयरमूल्य समायोजन, कतिमा खुल्छ कारोबार ?

अर्थ संसार

मंगलबार, ०१ चैत्र २०७८, ०६ : १८ मा प्रकाशित

नेप्सेमा नेको इन्स्योरेन्सको सेयरमूल्य समायोजन, कतिमा खुल्छ कारोबार ?

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा नेको इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयरमूल्य समायोजन भएको छ । 

स्टकका अनुसार कम्पनीको १५ प्रतिशत बोनस सेयरपछि नेप्सेले प्रतिकित्ता १ हजार ४३ रूपैयाँ ४८ पैसा कायम हुनेगरी मूल्य समायोजन गरेको छ । नेप्सेले सोमबारको अन्तिम कारोबार मूल्य एक हजार २०० रूपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।

कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि आज चैत्र १ गते एक दिन बुकक्लोज गर्ने निर्णय गरेकोले हिजो  फागुन ३० गतेसम्म नेप्सेमा कारोबार भई कायम हुने शेयरधनीहरूले मात्र साधारण सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।

कम्पनीको फागुन १६ गते, सोमबार बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार कम्पनीको छब्बीसौँ वार्षिक साधारण सभा चैत्र ९ गते, बुधबार, कम्पनीको केन्द्रिय कार्यालय, बीमा भवन, ज्ञानेश्वर, काठमाडौँमा बिहान ११ बजेदेखि सुरू हुनेछ ।

सभामा कम्पनीको माघ ३ गते, सोमबार बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार गत आर्थिक वर्ष २०७७र७८ को मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई चुक्ता पूँजीको १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७९ प्रतिशत नगद गरी कुल १५.७९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।

622fdfb1d4845.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको