Like us!
Follow us!
Connect us!
Watch us!

मुद्दा हारेरे कर तिरेपछि नेको इन्स्योरेन्सले डाक्यो साधारणसभा: सेयरधनीलाई खाली हात

अर्थ संसार

शुक्रबार, २० पुस २०८०, १० : १२ मा प्रकाशित

मुद्दा हारेरे कर तिरेपछि नेको इन्स्योरेन्सले डाक्यो साधारणसभा: सेयरधनीलाई खाली हात

नेको इन्स्योरेन्सले आफ्ना सेयरधनीलाई साधारणसभा आह्वान गर्दै डाकेको छ। कम्पनीले माघ १२ गते साधारणसभा गर्ने तय गरेको हो। 

यसअघि मर्जर र एफपीओको कर सम्बन्धि मुद्दा हारेपछि नेको इन्स्योरेन्सले सरकारलाई कर तिरेको थियो। एफपिओ तथा मर्जर तथा एक्विजिसनमा जाँदा भएको बार्गेन पर्चेज गेनमा सरकारले कर लगाउने गरि आर्थिक ऐन २०८० मा गरेको व्यवस्थाविरुद्ध वाणिज्य बैंक र बीमा कम्पनीहरुले दर्ता गरेको रिट सर्वोच्च अदालतले खारेज गरिदिएपछि नेको इन्स्योरेन्सले चार करोड ४८ लाख १३ हजार छ सय ४७ रुपैयाँ कर तिरेको थियो। 

सेयरधनीलाई साधारणसभामा बोलाए पनि सेयरधनी भने खालि हात नै फर्किने भएका छन्। कम्पनीले लाभांश प्रस्ताव गरेको छैन। 

साधारणसभामा आ.व. २०७९।०८० को वार्षिक प्रतिवेदनलाई छलफल गर्ने, लेखापरीक्षण प्रतिवेदन सहितको सम्पूर्ण वित्तीय विवरणहरु पारित गर्ने,लेखापरीक्षक नियुक्ति गर्ने र ४ बर्षको लागि १ जना महिला सहित संस्थापक समूह (क) बाट २ जना र सर्वसाधारण समूह (ख) बाट ३ जना गरी ५ जना संचालकको निर्वाचन गर्ने प्रस्ताव रहेको छ। 

कम्पनीले साधारणसभा प्रयोजनको लागि माघ २ गते बुक क्लोज तोकेको छ। जस अनुसार माघ १ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीले मात्र साधारणसभामा भाग लिन सक्ने छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको