Like us!
Follow us!
Connect us!
Watch us!

नेको इन्स्योरेन्सको १५.५% बोनस हितग्राही खातामा जम्मा, तपाईंकाे खातामा आयाे ?

अर्थ संसार

आइतबार, १२ मंसिर २०७८, ११ : १७ मा प्रकाशित

नेको इन्स्योरेन्सको १५.५% बोनस हितग्राही खातामा जम्मा, तपाईंकाे खातामा आयाे ?

नेको इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना शेयरधनीहरूको हितग्राही खातामा बोनस सेयर जम्मा गरेकाे छ ।

कम्पनीकाे असार ३१ गते सम्पन्न भएकाे पच्चीसाैँ वार्षिक साधारण सभाले पारित गरेकाे १५.५ प्रतिशत बाेनस सेयर बुकक्लाेज हुँदासम्म अर्थात् असार १७ गतेसम्म सेयर अभौतिकिकरण गराएका शेयरधनीहरुकाे सम्बन्धित हितग्राही खातामा जम्मा गरिएकाे कम्पनीले जनाएकाे छ । कम्पनीकाे बोनस सेयर नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत भइसकेको छ । 

त्यसैगरी, कम्पनीले हालसम्म आफ्नाे सेयर अभौतिकिकरण नगरेका शेयरधनीहरुलाई शिघ्र सेयर अभौतिकिकरण गरी आफ्नाे बाेनस प्राप्त गर्नका लागि आग्रह गरेकाे छ । त्यस्तै, सेयर धितो राखेका शेयरधनीहरुलाई भने सम्बन्धीत बैंक तथा वित्तीय संस्थाबाट फुकुवा पत्र अनिवार्य पेश गरेपश्चात मात्र बाेनस वितरण गरिनेछ ।

कम्पनीकाे सेयर रजिष्ट्रार आरविवि मर्चेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ । 

कम्पनी​ले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ : 

61a314de8b3c1.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको