Like us!
Follow us!
Connect us!
Watch us!

यूनाइटेड सिमेन्ट्सले प्राप्त गर्यो नेपालकै सर्वोत्कृष्ट ग्रेड

अर्थ संसार

शुक्रबार, १८ असार २०७८, १३ : ४४ मा प्रकाशित

यूनाइटेड सिमेन्ट्सले प्राप्त गर्यो नेपालकै सर्वोत्कृष्ट ग्रेड

यूनाइटेड सिमेन्ट्सद्वारा उत्पादित "यूनाइटेड सिमेन्ट्स" ब्रान्डले नेपाल गुणस्तरबाट ५३ ग्रेडको गुणस्तर प्रमाण पत्र प्राप्त गरेको छ। 

५३ ग्रेड भनेको नेपालमै उत्पादन हुने सिमेन्टहरु मध्य सबै भन्दा उत्कृष्ट ग्रेड हो । यो दर्जा प्राप्त गरेसँगै यूनाइटेड सिमेन्ट्सले  गुणस्तरमा ठुलो फड्को मारेको छ । ५३ ग्रेडको सिमेन्ट हरेक किसिमका निर्माणमा उपयुक्त ठहरिएको सिमेन्ट हो । नेपालमा मात्र नभई विदेशका ठुला-ठुला संरचनाहरुमा पनि यो ग्रेडको सिमेन्टको प्रयोग हुँदै आएको छ । पारिवारिक घर निर्माण सहित गगन चुम्बी महलदेखि, हाइड्रोपावर ड्याम, टनेल, विशाल पुलहरु, राष्ट्रिय गौरवका आयोजनाहरु , बाटो निर्माणमा समेत यो सिमेन्ट ढुक्कसँग प्रयोग गर्न सकिन्छ। 

ललितपुरको लेलेमा अवस्थित आफ्नै खानीको चुन ढुङ्गा प्रयोग गरि, आफै क्लिन्कर उत्पादन गर्दै आएको यस उद्योगले विगत ६ वर्षदेखि उच्च गुणस्तरको सिमेन्ट उत्पादन गर्दै आएको छ।  ५३ ग्रेडको गुणस्तर प्रमाण पत्र प्राप्त गरेसँगै आफ्ना ग्राहकहरुको गुणस्तर प्रतिको विश्वासलाई अझ मजबुत बनाउने कुरामा उद्योग ढुक्क रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको