Like us!
Follow us!
Connect us!
Watch us!

युरोकप २०२० : विजेताले कति पाउँछन् नगद पुरस्कार ?

अर्थ संसार

शुक्रबार, १८ असार २०७८, १५ : २६ मा प्रकाशित

युरोकप २०२० : विजेताले कति पाउँछन् नगद पुरस्कार ?

युरोकप च्याम्पियनसिप २०२० फुटबल प्रतियोगिताको क्वार्टरफाइनल खेल आज शुक्रबारदेखि सुरु हुँदैछ । १६औँ संस्करणको युरोकप अन्तिम चरणमा पुगेकाे छ ।

आज दुई खेल हुनेछन् । नेपाली समय अनुसार आज राति ९:४५ बजे हुने पहिलो खेलमा स्विट्जरल्यान्डविरुद्ध स्पेनले प्रतिस्पर्धा गर्नेछ । खेल रुसको सेन्ट पिटर्सवर्ग रंगशालामा हुनेछ । त्यस्तै, नेपाली समय अनुसार राति १२:४५ बजे बेल्जियमले इटालीविरुद्ध खेल्नेछ । खेल जर्मनीको म्युनिख रंगशालामा हुनेछ ।

युराेकपका बिजेताले कति पुरस्कार हात पार्छन् भन्ने सबैकाे चासाेकाे विषय बनेकाे छ । आज हामी युराेकपका बिजेताले प्राप्त गर्ने पुरस्कारहरूमध्ये नगद पुरस्कारकाे कुरा गर्नेछाैँ । 

युरोकपको पुरस्कार राशी ३ करोड ७० लाख युरो बराबर रहेको छ । यो ५ अर्ब २२ कराेड नेपाली रुपैयाँ हुन आउँछ ।

 

युराेकप २०२० का विजेताले १ अर्ब ४१ करोड नेपाली रूपैयाँ प्राप्त गर्नेछन् । उपविजेताले ९८ कराेड नेपाली रूपैयाँ प्राप्त गर्नेछन् । सेमिफाइनलमा पुगेको टोलीले ७० करोड नेपाली रूपैयाँ प्राप्त गर्नेछन् । क्वाटरफाइनलमा पुगेको टोलीले ४५ करोड ८५ लाख नेपाली रूपैयाँ प्राप्त गर्नेछन् । अन्तिम १६ मा पुगेको टोलीले २८ करोड २२ लाख नेपाली रूपैयाँ प्राप्त गर्नेछन् । समूह चरणकाे प्रत्येक जीतमा २१ करोड १६ नेपाली रूपैयाँ प्राप्त गर्नेछन् ।समूह चरणमा बराबरी हुनेले १० करोड ५८ लाख नेपाली रूपैयाँ प्राप्त गर्नेछन् । 

 

 

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको