Like us!
Follow us!
Connect us!
Watch us!

मनकामना स्मार्ट लघुवित्तको आईपीओमा मागभन्दा ४५.०८ गुणा उच्च आवेदन, आईपीओ यसरी भर्नुहोस्

अर्थ संसार

शुक्रबार, १८ असार २०७८, १७ : ३५ मा प्रकाशित

मनकामना स्मार्ट लघुवित्तको आईपीओमा मागभन्दा ४५.०८ गुणा उच्च आवेदन, आईपीओ यसरी भर्नुहोस्

मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले साधारण सेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गरेकाे आज दाेश्राे दिन रहेकाे छ । दाेश्राे दिन बेलुकासम्म नै माग गरिएको भन्दा ४५.०८ गुणा धेरै आवेदन परेकाे छ  ।

निष्कासन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेडका अनुसार शुक्रबार बेलुका ५ बजेसम्ममा १२ लाख ३१ हजार २ सय ११ जना आवेदकबाट १ करोड ६३ लाख ८९ हजार ८ सय ४० कित्ताको लागि आवेदन परेको छ । याे सर्वसाधारणका लागि माग गरिएकाे भन्दा ४५.०८ गुणा धेरै आवेदन हाे ।

How To Apply IPO Through MERO SHARE | मेरो सेयरबाट आईपिओमा आवेदन कसरी दिने ?

कम्पनीले हिजाे (असार १७ गते, बिहिबार) बाट १०० रुपैयाँ अंकित दरका कूल ३ करोड ८९ लाख रुपैयाँ बराबरको ३ लाख ८९ हजार कित्ता आईपीओ निष्कासन तथा बिक्री खुल्ला गरेको हो । जसमध्ये कुल पुँजीको ०.५ प्रतिशतले हुन आउने ६ हजार ५८ कित्ता संस्थाका कर्मचारीहरुलाई र सर्वसाधारणका लागि जारी गर्नलागेको पुँजीको ५ प्रतिशतले हुन आउने १९ हजार ४५० कित्ता सामुहिक लगानी कोषका लागि छ्ट्याइएको छ भने बाँकी ३ लाख ६३ हजार ४९२ कित्ता सर्वसाधारणका लागि छुट्याइएको छ । 

उक्त आईपीओमा लगानीकर्ताहरुले न्यूनतम १० कित्ता र अधिकतममा १ हजार कित्ताका लागि छिटोमा असार २१ गते र ढिलोमा असार ३१ गतेसम्म आवेदन दिन सक्नेछन् । 

लगानीकर्ताहरुले नेपाल धितोपत्रबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि–आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखाहरुबाट आवेदन दिन सकिनेछन् भने अनलाईन मार्फत मेरो सेयरबाट पनि आवेदन दिन सकिनेछ । 

संस्थाको आईपीओलाई रेटिङ एजेन्सी इक्रा नेपालले ‘इक्रा आइआर बीबीबी माइनस’ रेटिङ प्रदान गरेको छ । यस रेटिङले कम्पनी समयमा वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम जोखिम रहेको संकेत गर्दछ ।

How to Buy & Sell shares In Secondary Market? IPO दोस्रो बजारमा बेच्ने तरिका | Ch -1| Sharemantra

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको