अर्थ संसार
काठमाडौं– ज्योति विकास बैंकले सेयरधनीलाई ११.७ प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको छ । बैंकको शुक्रबार बसेको बोर्ड बैठकले उक्त प्रस्ताव गरेको छ । बोर्ड बैठकले बोनस सेयरपछि सत प्रतिशत हकप्रद सेयर जारी गर्ने प्रस्ताव पनि गरेको छ ।
ज्योति विकास बैंक भर्खरै झिमरुक विकास बैंकसँग मर्ज भएको थियो । बैंकको प्रस्ताव नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि साधारणसभाबाट पारित गराएर कार्यान्वयनमा ल्याइने छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस