Like us!
Follow us!
Connect us!
Watch us!

वेद एपको “हात हातमा शिक्षा” को बिजेतालाई आकर्षक पुरस्कार

अर्थ संसार

सोमबार, २१ असार २०७८, १२ : ४६ मा प्रकाशित

वेद एपको “हात हातमा शिक्षा” को बिजेतालाई आकर्षक पुरस्कार

वेद एपले नेपालकै एक उदयमान अनलाइन सेवा प्रदायक कम्पनीले खल्ती डिजिटल वालेटसँगको सहकार्यमा “हात हातमा शिक्षा” अभियान सञ्चालनमा ल्याएको छ।  शिक्षक तथा विद्यार्थीहरुलाई अनलाईन शिक्षा सम्बन्धी आफ्नो अनुभव बाँड्नका लागि अवसर प्रदान गर्न उक्त अभियान सञ्चालनमा ल्याईएको हो। अभियानको बिजेताले ५० हजार मूल्य बराबरको नयाँ ल्यापटप साथै अन्य आकर्षक नगद पुरस्कार जित्ने मौका पाउनेछन्।  

कार्यक्रममा  शिक्षक तथा  विद्यार्थीहरुले डिजिटल शिक्षा सम्बन्धी ३० सेकेन्ड वा सो भन्दा लामो भिडियोमा आफ्नो अनुभव बाँडी सहभागी हुन पाउनेछन् ।  

यस क्यामपेनको एक उपाधि वेदगुरु र फ्युचर लिडर अन्तर्गत एक शिक्षक र एक विद्यार्थी बिजेता हुनेछन्।  बिजेताहरुले ५० हजार रूपैयाँ बराबरको नयाँ ल्यापटप र यसका टप चार रनर अपले ५ हजार क्यास प्राइज आफ्नो खल्ती खातामा प्राप्त गर्नेछन् । 

त्यसैगरी न्यु अन ब्लक उपाधिको बिजेता एक वर्ष सम्मको लागि ५० हजार बराबरको नि:शुल्क वेद सब्स्क्रिप्सन र खल्ती खातामा १० हजार रकमका साथ सम्मानित हुनेछन् । 

वेद एपले महामारीकोबीचमा शैक्षिक संस्थाहरु चलायमान बनाउन उल्लेख्य भूमिका खेल्ने शिक्षक तथा विद्यार्थीहरुको मेहनतलाई कदर गर्दै खल्ती सँगको सहकार्यमा हात हातमा शिक्षा अभियान संचालनमा ल्याएको वेद एपको सह-संस्थापक तथा  प्रमुख कार्यकारी अधिकृत निर्देश डुवाले बताएका छन् । 

वेदसँगको सहकार्यमा “हात, हातमा शिक्षा” अभियान सञ्चालन गर्न पाउँदा ज्यादै उत्साहित भइएकाे खल्ती डिजिटल  वालेटका प्रबन्धक पवल खरेलले बताएका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको