Like us!
Follow us!
Connect us!
Watch us!

अब वर्ल्डरेमिटबाट खल्ती खातामा पैसा प्राप्त गर्दा बोनस पाइने

अर्थ संसार

मंगलबार, २२ असार २०७८, १७ : ३६ मा प्रकाशित

अब वर्ल्डरेमिटबाट खल्ती खातामा पैसा प्राप्त गर्दा बोनस पाइने

खल्ती डिजिटल वालेटले वर्ल्डरेमिटबाट पैसा पठाउदा खल्तीको खातामा सिधै पैसा प्राप्त गर्न सकिने सुविधा ल्याएको छ । उक्त सुविधा अन्तर्गत पठाईएको रकम खल्तीबाट प्राप्त गर्ने व्यक्तिले २ सय रूपैयाँ बोनस तुरुन्तै पाउनेछन् ।

वर्ल्डरेमिटसँगको यस सहकार्यले चौबिसै घण्टा ५०+ भन्दा बढी राष्ट्रहरुबाट नेपालमा रहेको व्यक्तिको खल्ती खातामा चाहे जति रकम सजिलै पैसा प्राप्त गर्न सम्भव बनाएको छ । प्राप्त गर्ने व्यक्तिले खल्ती आइडी बनाइ KYC भेरिफाइ भने गराएको हुनुपर्नेछ ।

खल्तीमा पैसा पठाएपश्चात् केही नगरी पैसा र बोनस स्वत: दुवै खल्तीमा लोड हुनेछ । यसको विवरण खल्ती एपको Transactions सेक्सनमा गइ सहजै हेर्न सकिन्छ। 

वर्ल्डरेमिटसँगको यो सहकार्यले संसारको जुनसुकै ठाउँबाट निर्वाद रुपमा सरल र झन्झटरहित तवरले पैसा पठाउन, पाउन, र व्यवसायलाई झन्झटरहित तवरले अनलाइन भुक्तानी गर्न थप मद्दत मिल्ने खल्ती डिजिटल वालेटको रेमिट्यान्स विभाग प्रमुख, सौरभ राज पाण्डेले बताएका छन् ।

खल्तीसँगको यस सम्झौताले अब ग्राहकहरुलाई आफ्नो परिवार तथा आफन्तलाई पैसा पठाउन सजिलो बनाएको वर्ल्डरेमिटका दक्षिण एशियाको लागि कन्ट्री डाईरेक्टर रुजान अहमदले जानकारी दिएका छन् ।

वर्ल्डरेमिटबाट खल्तीमा पैसा पठाउनको लागि भने WorldRemit एप लग इन गरि सेन्ड मनि मा ट्याप गर्ने, गन्तव्यमा Nepal रोजी पठाउन चाहेको कुल रकम दाखिला गर्ने अनि अन्त्यमा Mobile Money Transfer भित्र खल्ती मोबाइल वालेट छानी पाउने व्यक्तिको सम्पुर्ण विवरण भरी पठाउन सकिन्छ। 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको