Like us!
Follow us!
Connect us!
Watch us!

दशैंमा वर्ल्ड रेमिटबाट एनआईसी एशिया बैंकको खातामा रकम पठाउँदा बोनस पाइने

अर्थ संसार

सोमबार, ११ असोज २०७८, १४ : ४५ मा प्रकाशित

दशैंमा वर्ल्ड रेमिटबाट एनआईसी एशिया बैंकको खातामा रकम पठाउँदा बोनस पाइने

एनआईसी एशिया बैंकले डिजिटल रेमिट्यान्सलाई प्रवद्धन गर्ने उद्देश्यका साथ बेलायत, अष्ट्रेलिया लगायतका देशहरूमा बसोबास गर्ने नेपालीहरूको लागि आउँदै गरेको वडादशैँको अवसरमा प्रतिष्ठित अन्तर्राष्ट्रिय डिजिटल रेमिट्यान्स कम्पनी वर्ल्ड रेमिटमार्फत् यस बैंक खातामा रकम पठाउँदा खातामा ४ सय रूपैयाँ बोनस रकम उपलब्ध गराउने योजना सार्वजनिक गरेको छ ।

असाेज ११ गतेदेखि कार्तिक १० गतेसम्म लागू हुने यस योजनाबाट डिजिटल कारोबारमा सहयोग पुग्नुका साथै विदेशमा बसेर कमाएको रकम सहज रुपमा सिधै यस बैंकको खातामा जम्मा गर्न सकिनेछ । ४ सय रूपैयाँ बोनस रकम योजना अवधिभर पहिलोपटक गरिएको कारोबारमा मात्र लागू हुनेछ । कोभिड–१९ को जोखिम कायम रहेकै बेला यस बैंकले World Remit को वेभसाइट तथा एपमार्फत विदेशमा रहेका नेपाली नागरिकहरूले यथास्थानबाटै स्वदेशमा रहनुभएका आफ्ना परिवार तथा आफन्तजनलाई जुनसुकै बेला रकम पठाउन सक्नेछन् ।

यस योजनाले विदेशमा रहेका नेपालीहरूले रकम पठाउन भौतिक रुपमा रेमिट्यान्स कार्यालयसम्म पुग्ने समयको बचत हुनुका साथै डिजिटल कारोबारलाई बढाउन समेत प्रोत्साहन गर्ने बैंकले विश्वास लिएको छ । बेलायत, अष्ट्रेलिया लगायतका देशहरूमा रहनुभएका नेपाली महानुभावहरूले ध्यचमिच्झष्त को एप तथा वेबसाइटबाट यस बैंकका खातामा सहजै रकम पठाउन सकिनेछ ।

डिजिटल बैंकिङ्गलाई आत्मसात गर्दै आइरहेको यस बैंकले रेमिट्यान्स कारोबारलाई समेत डिजिटलमैत्री बनाउदै लैजाने क्रममा मोबाइल बैंकिङ्ग एप (NIC ASIA MoBank) मार्फत आन्तरिक रेमिट्यान्स सुविधा समेत ग्राहक महानुभावहरूलाई उपलब्ध गराउँदै आइरहेको छ । जसअन्तर्गत जुनसुकै स्थानबाट, जुनसुकै समयमा ग्राहकहरूले आफ्नो NIC ASIA MoBank भित्र रहेको Send Remit आइकनमा ट्याप गरेपश्चात् रेमिट्यान्स रकम, प्राप्त गर्नेको विवरण (नाम, मोबाइल नम्बर एवं ठेगाना) उल्लेख तथा रेमिट्यान्स पठाउनुको उद्देश्य छनौट गरी सुरक्षित रुपमा रेमिट्यान्स पठाउन सकिनेछ ।

यस माध्यमबाट पठाएको रकम देशभर रहेका यस बैंकका सम्पूर्ण शाखा तथा विस्तारित काउन्टरहरूका साथै १२ हजार भन्दा बढी रेमिट एजेन्टहरूबाट नगद रकम सहजै झिक्न सकिनेछ । साथै, बैंकले NIC ASIA MoBank बाटै Remittance Receive गर्न मिल्ने नवीन सुविधाको समेत सुरुवात गरेको छ ।


 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको