Like us!
Follow us!
Connect us!
Watch us!

एनआईसी एशिया बैंक र वर्ल्ड रेमिटबीच मलेसियाबाट पनि रेमिट्यान्स पठाउन सकिने गरी साझेदारी

अर्थ संसार

आइतबार, ०२ माघ २०७८, १४ : ४४ मा प्रकाशित

एनआईसी एशिया बैंक र वर्ल्ड रेमिटबीच मलेसियाबाट पनि रेमिट्यान्स पठाउन सकिने गरी साझेदारी

एनआईसी एशिया बैंक र वर्ल्ड रेमिटबीच मलेसियाबाट पनि रेमिट्यान्स पठाउन सकिने गरी साझेदारी भएकाे छ ।

विश्वका ५० भन्दा बढी मुलुकहरूबाट नेपालका जुनसुकै बैंक खाता तथा जुनसुकै स्थानमा सहजै रकम पठाउन सकिने गरी एनआईसी एशिया बैंक र वर्ल्ड रेमिट बीच रणनीतिक साझेदारी भैरहेकोमा अब दक्षिणपूर्वी एशियाली देश मलेसियाबाट समेत वर्ल्ड रेमिट मार्फत नेपालका जुनसुकै बैंक खाता तथा जुनसुकै स्थानमा तुरुन्त रकम पठाउन सकिने गरी दुबै पक्षबीच साझेदारी भएको हाे ।

यसबाट मलेसियामा बस्दै आएका नेपालीहरूले बिना झन्झट वर्ल्ड रेमिट को एप तथा वेबसाइटको प्रयोग गरी नेपालका कुनै पनि बैंक खातामा अनलाइनमार्फत तुरुन्त रकम पठाउन सक्नेछन् । यसका अलावा विदेशबाट आफुले इच्छाएको व्यक्तिको नाममा रेमिट्यान्स पठाई देशभर छरिएर रहेका यस बैंकका १२ हजार भन्दा बढी रेमिट्यान्स एजेन्टहरूमार्फत सहज रुपमा नगद बुझन सकिने व्यवस्था समेत रहेको छ ।

यस साझेदारीले मलेसियामा लाखौँको संख्यामा रहेका नेपालीहरूले रकम पठाउन रेमिट्यान्सको शाखासम्म पुग्ने समयको बचतसँगै नेपालमा रहनुभएको आफ्ना परिवारजन तथा आफन्तहरूलाई तत्काल सुरक्षित रुपमा रकम पठाउन सक्नेछन् ।

नेपालीहरूले वर्ल्ड रेमिट एपका अलावा यसको वेबसाइट https://www.worldremit.com/en/Nepal लग इन गरी आवश्यक विवरण भरेर सजिलै नेपालमा आफ्नो वा आफन्तहरूको खातामा रकम पठाउन सक्नुहुनेछ । साथै, अमेरिका, बेलायत, अष्ट्रेलिया, पोल्याण्ड, क्यानडा, डेनमार्क, फिनल्यान्ड, फ्रान्स, जर्मनी, न्यूजिल्यान्ड, नर्वे, रोमानिया, सिङ्गापुर लगायत विश्वका ५० भन्दा बढी देशहरूबाट घरमै बसी सहज रुपमा रकम पठाउन सकिने व्यवस्था रहेको छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको