Like us!
Follow us!
Connect us!
Watch us!

बिक्रीमा ध्वजाबाहक नेपाल वायुसेवा निगम !

पत्रपत्रिका

मंगलबार, २२ असार २०७८, १७ : ४५ मा प्रकाशित

बिक्रीमा ध्वजाबाहक नेपाल वायुसेवा निगम !

नेपाल वायुसेवा निगम बालुवाटार निकट व्यापारीलाई भित्रीरुपमा बिक्री गर्ने योजना बनेको छ । निगमलाई पुनःसंरचना गरेर लिमिटेड कम्पनीमा लैजाने नाममा निगमको सम्पत्ति व्यापारीलाई बेच्ने र ठूलै कमिशन खाने योजना हो ।

त्यसका लागि महाप्रबन्धक डिमप्रकाश पौडेलले व्यापारीसँग भित्री सेटिङ गरिरहेका छन् भने सञ् चालक किशोर प्रधानको संयोजकत्वमा गठित उपसमितिले बनाएको प्रबन्धपत्र र नियमावली स्वीकृतिका लागि असार १४ गते संस्कृति नागरिक उड्डयन मन्त्रालयमा पठाइएको छ ।

पर्यटन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेको अध्यक्षतामा असार १३ गते बसेको सञ्चालक समितिको बैठकले उक्त मस्यौदा स्वीकृतिका लागि मन्त्रालयमा पठाउने निर्णय गरेको हो । मस्यौदा समितिमा सञ्चालक ईश्वरी पौडेल, फुरगेल्जे शेर्पा सदस्य छन् ।

पर्यटन मन्त्रालयमा पठाएको ‘नेपाल वायुसेवा कम्पनी लिमिटेड’ को प्रबन्ध पत्रमा ‘क’ समूहका संस्थापक शेयरधनीका नाममा ५१ प्रतिशत ‘ख’ समूहका ख्यातिप्राप्त विदेशी वायुसेवा कम्पनीका नाममा ३० प्रतिशत, ‘ग’ समूह नेपालका हवाईसेवा पर्यटन व्यवसायीका नाममा १४ प्रतिशत र ‘घ’ समूह अन्तर्गत निगमका बहालवाला तथा पूर्वकर्मचारीको हकमा पाँच प्रतिशत शेयर छुट्याइएको छ ।


प्रबन्धपत्रमा निगम कम्पनीमा परिणत भएपछि निगमको ऐन २०१९ अन्तर्गत सञ्चालित निगमलाई कम्पनीको ऐन २०६३ को दफा १७३ बमोजिम कम्पनीमा परिणत गरिएको हुँदा उपदफा ३ अनुसार उक्त निगमको सम्पूर्ण जायजेथा र दायित्व कम्पनी दर्तापश्चात यस प्रस्तावित कम्पनीमा सर्नेछ भनिएको छ ।’ त्यसैगरी उपदफा ९९० ८ मा निगमलाई कम्पनीमा रुपान्तरण गरेपछि कर्मचारीको हकमा स्वेच्छिक अवकाशको व्यवस्था गरिएको छ ।

निगमको आन्तरिक व्यवस्थापन सुधार गरेर निगमलाई नाफामूलक संस्थाका रुपमा माथि उठाउनुपर्नेमा निगमकै अस्तित्व समाप्त गर्नेतर्फ वर्तमान व्यवस्थापन लागेको छ । त्यसको विरुद्ध निगमका कर्मचारीहरुले आन्दोलन गरेका छन् । निगमको हितविरुद्ध व्यापारिक ‘इन्ट्रेष्ट’मा निगमलाई कम्पनीमा लैजाने कुरामा सहसचिव लामिछानेले समेत समर्थन गर्नु लाजमर्दो कुरा हो । थाई इन्टरनेशनलसँगसँगै स्थापना भएको नेपाल वायुसेवा निगम धरासायी हुनुमा राजनीतिक हस्तक्षेप नै हो । त्यसलाई रोक्न नसक्दा आज निगम लिलाम बढाबढको स्थितिमा पुग्नु सिंगो नेपालीको शिर झुक्ने कुरा हो ।

दृष्टि साप्ताहिकमा समाचार छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको