Like us!
Follow us!
Connect us!
Watch us!

उडान बढाउँदै नेपाल वायुसेवा निगम

पत्रपत्रिका

सोमबार, २० मंसिर २०७८, ०७ : ०१ मा प्रकाशित

उडान बढाउँदै  नेपाल वायुसेवा निगम

राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले अन्तर्राष्ट्रिय उडान विस्तार गर्न सुरु गरेको छ । आइतबार मात्रै निगमले दुबईका लागि हप्तामा दुई उडान थप गरेको छ । यसअघि हप्तामा सातवटा उडान हुँदै आएकामा अबदेखि नौवटा उडान हुने निगमले जनाएको छ । अर्को उडान बुधबार हुनेछ ।

थपिएका उडानको आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित एक औपचारिक कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उडरडयनमन्त्री प्रेम कुमार आलेले उदरघाटन गरे ।

निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीका अनुसार थपिएका दुई उडान बिहान ११ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने र राति नै फर्किने गरी तालिका बनाइएको छ । यसअघि दुबईका उडान रातिमा मात्र हुने गथ्र्यो र अर्को दिन बिहान मात्र नेपालमा अवतरण हुने गथ्र्यो । काठमाडौँ–दुबई रुटमा यात्रुको अत्यधिक चाप बढेको र उडान सङरख्या थप्नुपर्ने मागसमेत आएकाले उडान थप गरिएको उनले जानकारी दिए ।

दुबईबाहेक निगमले साउदी अरबको रियादमा पनि उडान सुरु गर्दै छ । लामो समयको प्रक्रियापछि रियाद उडानको सम्पूर्ण तयारी सकिने चरणमा रहेको निगमले जनाएको छ । अहिले साउदी अरबको उडरडयन नियामक (गाका) सँग यसबारे छलफल भइरहेको र छिटरटै उक्त क्षेत्रमा पनि उडान सुरु हुने कार्यकारी अध्यक्ष अधिकारीले जानकारी दिए । 

भारतका तीन गन्तव्यमा उडान गर्दै आएको निगम पछिल्लो पटक मुम्बई र बैङरग्लोरमा पनि उडानको अन्तिम तयारीमा थियो । भारतमा कोरोना सङरक्रमणको नयाँ भेरियन्ट ओमिक्रोन देखिएपछि तत्काललाई उक्त उडान स्थगित गर्ने सहमति भएको छ । अवस्था सामान्य बन्नासाथ उक्त क्षेत्रमा उडान सुरु गर्ने निगमको योजना छ । निगमले अहिले भारतमा दैनिक एउटा उडान गरिरहेको छ ।

गोरखापत्र दैनिकमा समाचार छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको