Like us!
Follow us!
Connect us!
Watch us!

युनियन लाइफको ६४.५० लाख कित्ता आईपिओमा आजबाट आवेदन दिन सकिने

अर्थ संसार

विहीबार, २४ असार २०७८, ०६ : ३४ मा प्रकाशित

युनियन लाइफको ६४.५० लाख कित्ता आईपिओमा आजबाट आवेदन दिन सकिने

युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आज असार २४ गतेबाट सर्वसाधारणहरुको लागि धितोपत्र(आईपिओ) को सार्वजनिक निष्काशन साधारण सेयर बिक्री गर्ने भएको छ । कम्पनीको आफ्नो जारी पुँजी २ अर्ब १५ करोड रुपैयाँ मध्यको ३० प्रतिशतले हुन आउने ६४ लाख ५० हजार कित्ता साधारण सेयर निष्कासनगर्न लागेको हो । 

उक्त सेयर कित्तामध्ये ५ प्रतिशत अर्थात ३ लाख २२ हजार ५०० कित्ता कम्पनीका कर्मचारीहरुलाई सुरक्षित गरिएको छ भने ५ प्रतिशतले नै हुन आउने ३ लाख २२ हजार ५०० कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइ बाँकी रहेको ५८ लाख ५ हजार कित्तामा सर्वसाधारणले खरिद आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।

कम्पनीको साधारण शेयरमा सर्वसाधारणले न्यूनतम १० कित्ता देखि अधिकतम ३२ हजार २५० कित्ता शेयर खरिदकालागि आवेदनदिन सक्नेछन् । आवेदन नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरी सि–आस्बा सेवामा सहभागी बैंक तथ वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालयहरुबाट र सीडीएससीको मेरो सेयर अनलाइन प्रयोग गरी सि–आस्बा प्रणाली मार्फत आवेदन दिन सकिनेछ ।

कम्पनीको साधारण शेयर खरिदका लागि छिटोमा असार २८ गतेसम्म आवेदन दिन सकिने छ । त्यस दिनसम्म माग गरिए भन्दा कम आवेदन परेको खण्डमा भने साउन ७ गते बैंकिङ समयसम्म आवेदन दिन सकिने जनाइएको छ । 

कम्पनीको आईपिओमा माग भन्दा बढि आवेदन पर्ने निष्चित छ हालै जारी भएका २ कम्पनी मनकामना स्मार्ट लघुवित्त र जीवन विकास लघुवित्तको आईपिओमा २० लाख भन्दा बढि आवेदकको आवेदन परेकाले यो कम्पनीको आईपिओमा पनि त्यसैको हारहारिमा आवेदन पर्नेहँुदा न्यूनतम १० कित्ता अर्थात एक हजारको आवेदन दिदाँ राम्रो हुने देखिन्छ ।

कम्पनीको साधारण शेयरको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकको काम प्रभु क्यापिटल लिमिटेड ले गर्ने छ । कम्पनीले साधारण सेयर (आईपीओ) निष्कासन गर्न गत जेठ ९ गते आइतबार सेबोनमा निवेदन पेश गरेको थियो ।

कम्पनीको आईपीओलाई रेटिङ एजेन्सी इक्रा नेपालले ‘इक्रा आइआर बीबीबी’ रेटिङ प्रदान गरेको छ । यस रेटिङले कम्पनीको समयमा वित्तीय दायित्व पूरा गर्ने क्षमता औसतमा मध्यम जोखिम रहेको संकेत गर्दछ । यो रेटिङले कम्पनीको आधारभूत अवस्था मध्यम रहेको संकेत गर्दछ ।

हाल कम्पनीको चुक्ता पूँजी १ अर्ब ५० करोड ५० लाख रूपैयाँ रहेको छ । कम्पनीले आईपीओ निष्कासन गरे पश्चात कम्पनीको चुक्ता पूँजी २ अर्ब नाघ्नेछ । बीमा समितिको निर्देशन अनुसार चुक्तापूँजी २ अर्ब पुर्याउनुपर्ने भएकाले कम्पनी आईपीओ निष्कासन गर्न लागेको हो ।

कस्तो छ कम्पनीको वित्तिय अवस्था ?

युनियन लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण प्रकाशन गरेको थियो प्रकाशित वित्तिय विवरण अनुरार तेस्रा् त्रैमास सम्ममा कम्पनीको खुद मुनाफा ८ करोड २५ लाख रुपैया रहेको छ ।

चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा कम्पनीको खुद नाफा ७.५६ प्रतिशतले घटेर  ८ करोड २५ लाख रुपैयाँ सीमित भएको छ ।  गत वर्षको सोहि अवधिमा कम्पनीले  ८ करोड ९२ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । 

खुद नाफा घटेको बीमा शुल्क आम्दानी भने बढेको छ । चैत मसान्तसम्म कम्पनीको खुद बीमा शुल्क आम्दानी ५९.३९ प्रतिशतले बढेर ५ अर्ब ५ करोड रुपैयाँ पुगेको छ  । गत वर्ष कम्पनीले ३ अर्ब १७ करोड रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेको थियो । 

कम्पनीले जीवन बिमा कोष पनि ३ अर्ब ६८ करोड रुपैयाँबाट बढाएर ६ अर्ब ९० करोड रुपैयाँ पुर्याएको छ ।  हाल चुक्ता पुँजी १ अर्ब ५० करोड ५० लाख रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा ७३ करोड ७ लाख रुपैयाँ रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको