Like us!
Follow us!
Connect us!
Watch us!

‘आरविवि म्युचुअल फण्ड-१’ मा आवेदन दिने आज अन्तिम दिन

अर्थ संसार

आइतबार, २७ असार २०७८, ०९ : ५६ मा प्रकाशित

‘आरविवि म्युचुअल फण्ड-१’ मा आवेदन दिने आज अन्तिम दिन

रष्ट्रिय वाणिज्य बैंक लिमिटेडको सहायक कम्पनी आरविवि मर्चेन्ट बैंकिङ्ग लिमिटेडले आरविवि म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने गरी ‘आरविवि म्युचुअल फण्ड १’ आज असार २७ गते अन्तिम दिन रहेको छ । आसार २३ गतेदेखि बिक्रि खुल्ला गरिएकने यस योजनामा आज बैंकिङ समयसम्म यस खरिद आवेदन दिन सकिनेछ। 

फण्डले एक अर्ब रूपैयाँ बराबरको १० करोड इकाई निष्कासन तथा बिक्री खुल्ला गरेको हो यो योजनाको कोष प्रवद्धक राष्ट्रिय वाणिज्य बैंक लिमिटेड तथा योजना व्यवस्थापक आरविवि मर्चेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ । 

७ वर्ष अवधि रहेको यो एक बन्दमूखी योजना हो । कोष प्रवद्धकले यस योजनाद्वारा बिक्री गर्ने कुल इकाई रकमको १३ प्रतिशत तथा योजना व्यवस्थापकले २ प्रतिशत रकम बिज पूँजीको रुपमा लगानी गर्नेछ । उक्त इकाईमा लगानीकर्ताले प्रतिइकाई १० रुपैयाँको दरले न्यूनतम १०० देखि अधिकतम १ करोड इकाईसम्मका लागि आवेदन दिन सक्नेछन् । 

इकाई बिक्रीबाट संकलित रकम योजना व्यवस्थापकले दक्षतापूर्वक योजनाले तोकेको लगानीका क्षेत्रहरुमा लगानी गरी आवेदकहरुलाई उच्च प्रतिफल दिई धितोपत्र बजारको दिगो विकासमा समेत एक संस्थागत लगानीकर्ताको हैसियतमा सघाउ पुर्याउने उद्देश्यले यस योजनाको इकाईहरु निष्कासन गरिएको हो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको