Like us!
Follow us!
Connect us!
Watch us!

अरुण भ्यालीको अवितरित हकप्रद बाँडफाँड

अर्थ संसार

आइतबार, २७ असार २०७८, १० : ५८ मा प्रकाशित

अरुण भ्यालीको अवितरित हकप्रद बाँडफाँड

अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले असार ९ गते, बुधबारबाट असार १६ गते, बुधबारसम्म लिलाम बढाबढ गरी बिक्री खुल्ला गरेकाे अवितरित हकप्रद सेयर बाँडफाँड गरिएकाे छ ।

उक्त अवधिभित्र प्राप्त शिलबन्दी बाेलपत्रहरू असार २१ गते खाेली असार २४ गते निष्कासनकर्ता कम्पनीकाे सञ्चालक समितिले बाँडफाँड गरेकाे हाे ।

बाँडफाँड गर्दा अन्तिम कटअफ मूल्य ३८७ रूपैयाँ ७१ पैसा कायम भएको थियाे । सो वा सो भन्दा बढी मूल्य कबुल गरेका लगानीकर्ताले सेयर पाउने छन् ।  सेयर बाँडफाँडमा नपरेको सेयर बापतकाे रकम फिर्ता भुक्तानी असार २८ गतेदेखि कनेक्ट आईपीएस मार्फत पैसा फिर्ता गरिनेछ । 

कम्पनीले वैशाख ६ गतेदेखि जेठ २ गतेसम्म निष्कासन गर्दा बिक्री नभएको सर्वसाधारण समूहको ४ लाख ३५ हजार ८ सय ९४ कित्ता हकप्रद सेयर लिलाम बढाबढ गरी बिक्री खुल्ला गरेकाे थियाे । 

त्यसैगरी, उक्त सेयरको बिक्री प्रबन्धकको काम मुक्तिनाथ क्यापिटल लिमिटेडले गरेकाे थियाे । 

कम्पनीले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

60ea80a013cb0.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको