Like us!
Follow us!
Connect us!
Watch us!

कोरियाको रोजगारी तत्काल नखुल्ने

पत्रपत्रिका

सोमबार, २८ असार २०७८, ०७ : २६ मा प्रकाशित

कोरियाको रोजगारी तत्काल नखुल्ने

नेपाली युवाका लागि आकर्षक श्रम गन्तव्य कोरियामा कोरोना संक्रमण बढ्दै गएपछि नेपालबाट जाने तयारीमा रहेका युवा अझै केही समय रोकिने भएका छन् । लामो समयदेखि रोएिको कोरियाको रोजगारीमा तत्कालै खुल्ने देखिएको भए पनि फेरि कोरोना संक्रमण बढेपछि तत्काल नेपाली जाने नदेखिएको हो ।

नेपाली श्रमिकलाई कोरिया प्रवेशमा सहजिकरणका लागि ईपीएस नेपाल र कोरियन पक्षले प्रयास गरिरहेको भएपनि तत्काल जाने सम्भावना नदेखिएको हो । तत्काल कोरिया जाने सम्भावना नदेखिएपछि ईपीएस अन्र्तगत कोरिया जाने श्रमिकका कोरोना बिमाको तयारी गरेको छ ।

ईपीएस अन्र्तगत कोरिया जान रोकिएका नेपाली युवालाई प्रवेश गराउने सम्बन्धमा मानव संशाधन बोर्ड कोरियाले अन्य सरकारी निकायसँग छलफल अघि बढाएको हो । विदेशी श्रमिकलाई प्रवेश गराउने सम्बन्धमा काम गरिएका श्रम रोजगार मन्त्रालय, कानुन मन्त्रालय र एचआरडी कोरियाले विदेशी श्रमिकलाई प्रवेश गराउने सम्बन्धमा छलफल अघि बढाएका हुन् । नेपाल सरकारले भिसा लागेर बसेका श्रमिकलाई लैजान बारम्बार अनुरोध गरेपनि एचआरडीले छलफल र अध्ययन गरिरहेको बताउँदै आएको छ ।

कोरियाको संक्रमण रोग नियन्त्रण तथा रोकथाम एजेन्सीले विदेशी श्रमिकको आगमन अनुमतिलाई रोक्का गरेका कारण एचआरडीले खुलाउने सम्बन्धमा पहल अघि बढाएको छ । विदेशी श्रमिकलाई प्रवेश गराउने सम्बन्धमा कोरियाको श्रम मन्त्रालय अन्र्तगतको एचआरडी र भिसा प्रक्रियाका लागि कानुन मन्त्रालय अन्र्तगतको अध्यागमन विभागले सहजिकरण गर्दै आइरहेका छन् । यी निकायले विदेश श्रमिक ल्याउँदा हुने जोखिम र अवसरका सम्बन्धमा रोग नियन्त्रण तथा रोकथाम ऐजेन्सीसँग छलफल गरिरहेका छन् ।

कोरियाले पहिलो चरणको कोभिड नियन्त्रण गरेपछि केही देशबाट श्रमिक लैजान सुरू गरेपनि पछिल्लो समय पुनः रोकेको थियो । नेपाल लगायतका विदेशी श्रमिकलाई लैजानेबारे तयारी भइरहेका बेला कोभिड भाइरस संक्रमण दोस्रो चरणमा प्रवेश गरेपछि विदेशी श्रमिकलाई रोक्ने निणर्यलाई निरन्तरता दिएको थियो ।

वैदेशिक रोजगार विभाग ईपीएस शाखाका प्रमुख इन्द्र गौतमले नेपाली युवा कोरिया जाने कार्य रोकिएपनि माग भने निरन्तर आइरहेका कारण कोरियाले प्रवेश गराउने तयारी गरिरहेको बुझ्न सकिने बताए । कोरियाको कृषि क्षेत्रमा विदेशी श्रमिकको चरम अभाव भएपनि त्यहाँको रोग नियन्त्रण कार्यलयले तत्काल खुल्ला नगरेपछि एचआरडीले प्रक्रिया सहजिकरण गरेको छ । कोरियाका रोजगारदाताले विदेशी श्रमिक माग गरिरहेको भएपनि त्यहाँको रोग नियन्त्रण तथा रोकथाम एजेन्सीले प्रवेश अनुमतिलाई निरन्तरता दिएपछि एचआरडीले अवस्था हेरेर खोल्ने तयारी गर्न अनुरोध गरिरहेको छ । नेपालसहित १६ श्रम स्रोत मुलुकले प्रवेशलाई सहजिकरण गर्न सम्बन्धित देशको एनआरडीसँग अनुरोध गर्दै आएको भएपनि संक्रमण नघटेका कारण प्रवेश अनुमति खुला हुन सकेको छैन् ।

नेपाल प्रर्यटन बोर्डका कोरिया प्रतिनिधि एवम एनआरएनए कोरियाका पूर्व अध्यक्ष केपी सिटौलाले कोरिया सरकारले दक्षिण एशियासहित नेपाललाई कोरोनाको उच्च जोखिममा राखेकाले कोरिया प्रवेश केही ढिलो भएको बताए । कोरियाले गैरश्रमिक नागरिकलाई स्वास्थ्य मापदण्ड पालन गरेर आगमन र प्रस्थान अनुमति दिएपनि श्रमिकको सम्बन्धमा भने कडाई गर्दै आएको छ । विदेशी श्रमिकलाई कडाई गरेपछि बिदामा नेपाल आउन चहाने र भिसा लिएर कोरिया जाने तयारीमा रहेका हजारौं नेपाली दुवै देशमा रोकिएका छन् ।

वैदेशिक रोजगार विभाग मातहतमा रहेको रोजगार अनुमति प्रणाली (ईपीएस) कोरिया शाखाले पाँच हजार डलरको कोभिड–१९ को बिमा गर्न इच्छुक बिमा कम्पनीलाई दर्ता हुन आग्रह गरेसँगै कोरिया जाने प्रवधान भने सुचारु देखिएको छ । बिनाको प्रावधानपछि कोरिया शाखाले सूचना सार्वजनिक गर्दै दक्षिण कोरिया जाने श्रमिकका लागि सो रकम बराबरको कोभिड–१९ को बिमा गर्ने कम्पनीलाई आह्वान गरेको छ । ईपीएस सञ्चालन तथा व्यवस्थापन निर्देशिका २०७३ को दफा २० बमोजिम दक्षिण कोरिया जाने श्रमिकको कोरिया पुगेको मितिबाट १४ दिनसम्मका लागि सो रकमको बिमा गराउनुपर्ने तोकिएको छ ।

कारोबार दैनिकमा समाचार छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको