Like us!
Follow us!
Connect us!
Watch us!

युनियन लाइफको आईपीओमा नयाँ कीर्तिमान, सेयर पाउने भाग्यमानी कति ?

अर्थ संसार

सोमबार, २८ असार २०७८, १७ : २२ मा प्रकाशित

युनियन लाइफको आईपीओमा नयाँ कीर्तिमान, सेयर पाउने भाग्यमानी कति ?

युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको साधारण सेयर (आईपीओ) ले रेकर्ड ब्रेक गरेकाे छ । कम्पनीकाे आईपीओमा हालसम्म कै उच्च आवेदन परेकाे हाे ।

निष्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडका अनुसार अन्तिन दिन आज (असार २८ गते, साेमबार) ५ बजेसम्ममा २१ लाख ७२ हजार ८ सय ६८ जना आवेदकबाट ३ करोड ४३ लाख ६१ हजार ८ सय २० कित्ताको लागि आवेदन परेको हो । याे सर्वसाधारणका लागि माग गरिएकाे भन्दा ५.९१ गुणा बढी आवेदन हो  ।

अन्तिम दिन भएकाले तथ्यांकमा थाेरै तलमाथी पर्न सक्नेछ । अहिलेसम्मकाे तथ्यांक हेर्दा भाग्यमानी ५ लाख ८० हजार ५ सय जना आवेदकले १० कित्ता सेयर हात पार्नेछन् । बाँकी आवेदककाे भने हात खाली हुनेछ ।

कम्पनीले असार २४ गते, बिहीबारबाट प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ६४ करोड ५० लाख रुपैयाँ बराबरको ६४ लाख ५० हजार कित्ता साधारण सेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गरेकाे हाे । जसमध्ये ५ प्रतिशत अर्थात ३ लाख २२ हजार ५०० कित्ता कम्पनीका कर्मचारीहरुलाई सुरक्षित गरिएको छ । ५ प्रतिशतले नै हुन आउने ३ लाख २२ हजार ५०० कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइ बाँकी रहेको ५८ लाख ५ हजार कित्ता सर्वसाधारणका लागि छुट्याइएकाे थियाे ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको