Like us!
Follow us!
Connect us!
Watch us!

प्रधानमन्त्री नियुक्ति र शपथ आजै, मन्त्रिपरिषद्को आकार सानो हुने

पत्रपत्रिका

मंगलबार, २९ असार २०७८, ०६ : ४८ मा प्रकाशित

प्रधानमन्त्री नियुक्ति र शपथ आजै, मन्त्रिपरिषद्को आकार सानो हुने

सर्वोच्च अदालतको परमादेशअनुसार राष्ट्रपति कार्यालयले मङ्गलबार नेपाली  काँग्रेसका  सभापति  शेरबहादुर  देउवालाई  प्रधानमन्त्री पदमा नियुक्ति गर्ने र शपथग्रहण गराउने तयारी सुरु गरेको छ । 

सर्वोच्च  अदालतबाट  सोमबार  भएको  फैसलाको पूर्ण पाठ राष्ट्रपति कार्यालयमा साँझ प्राप्त भएपछि  सचिवालयले  त्यसको  अध्ययन  सुरुसँगै  नियुक्ति तथा शपथको तयारी थालेको हो । राष्ट्रपतिका प्रमुख  स्वकीय  सचिव  डा.  भेषराज  अधिकारीले  सर्वोच्च अदालतको फैसला प्राप्त भएको र अन्य विषयमा टुङ्गो लागिनसकेको जानकारी दिए ।

राष्ट्रपति  कार्यालयका  एक  अधिकारीका  अनुसार  मङ्गलबार  ५  बजेभित्रै  काँग्रेस  सभापति  देउवालाई  प्रधानमन्त्री  पदमा  नियुक्त  गर्ने  र  शपथ  गराउने तयारी भइरहेको छ ।

विपक्षी गठबन्धनले मङ्गलबार नै नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको  नेतृत्वमा  सानो  आकारको  मन्त्रिपरिषद्  बनाउने निर्णय गरेको छ । सर्वोच्च अदालतले सोमबार प्रतिनिधि सभा पुनस्र्थापना  गर्दै  दुई  दिनभित्र  सरकार  बनाउने  परमादेश जारी गरेपछि राजधानीमा बसेको विपक्षी गठबन्धनको  बैठकले  देउवाको  नेतृत्वमा  नयाँ  सरकार बनाउने निर्णय गरेको हो । 

बैठकमा सहभागी नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालले सबैलाई समेटेर सरकार गठन गर्न सभापति देउवालाई आग्रह गरेका थिए । विपक्षी गठबन्धनको बैठकमा नेता नेपालले संविधान र लोकतन्त्र रक्षाको लडाइँमा आफ्नो सधैँ सहयोग रहने विश्वास दिलाउँदै जनताका समस्या समाधान  गर्नका  लागि  सक्षम  सरकार  बनाउन  देउवालाई सुझाव दिएको जानकारी बैठकपछि नेकपा (एमाले)का नेता रघुजी पन्तले दिए । 

बैठकपछि काँग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले सहमति र सहकार्य गरी अगाडि बढ्ने निर्णय गरेको बताए । उनले सुरुमा सानो आकारको मन्त्रिपरिषद् गठन हुन्छ भने । नेता खाँणका  अनुसार विपक्षी गठबन्धनले संविधानको रक्षा, लोकतान्त्रिक मूल्य र पद्धतिको रक्षा, राष्ट्रियता र नागरिकको हक स्थापित गराउन सर्वाेच्च अदालतको फैसलाप्रति  अदालतलाई  धन्यवाद दिएको बताए ।

बैठकमा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, नेपाल कम्युनिस्ट पार्टी(माओवादी  केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड),नेकपा(एमाले)का  वरिष्ठ नेता माधव नेपाल, जनता समाजवादी पार्टीका  अध्यक्षद्वय डा. बाबुराम भट्टराई र उपेन्द्र  यादव, राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष  दुर्गा  पौडेल सहभागि थिए ।

गोरखापत्र दैनिकमा समाचार छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको