Like us!
Follow us!
Connect us!
Watch us!

माथिल्लो मस्र्याङ्दी ए एक महिनादेखि बन्द, ३४ करोड ८० लाख घाटा

पत्रपत्रिका

मंगलबार, २९ असार २०७८, ०७ : ३६ मा प्रकाशित

माथिल्लो मस्र्याङ्दी ए एक महिनादेखि बन्द, ३४ करोड ८० लाख घाटा

लमजुङको मस्र्याङ्दी गाउँपालिकामा रहेको ५० मेगावाट क्षमताको माथिल्लो मस्र्याङ्दी ए जलविद्युत् आयोजना करिब एक महिनादेखि बन्द छ । एक दिन मात्रै विद्युत् उत्पादन नहुँदा करिब एक करोड २० लाख रुपियाँ घाटा हुने आयोजनाले जनाएको छ । 

मस्र्याङ्दी नदीमा आएको बाढीका कारण विद्युत् गृहको मेसिनमा क्षति पु¥याएपछि गत जेठ ३१ गते राति ११ बजेदेखि आयोजनाबाट विद्युत् उत्पादन बन्द छ । आयोजना बन्द भएको २९ दिन पुगेको छ । यो  अवधिमा दैनिक एक  करोड २० लाख हाराहारीको घाटाले आयोजनालाई करिब ३४ करोड ८० लाख रुपियाँ घाटा भएको छ ।

माथिल्लो मस्र्याङ्दी ए’ जलविद्युत् आयोजनाका जनसम्पर्क अधिकृत इन्जिनियर कर्ण अधिकारीले मस्र्याङ्दीमा बाढी उर्लिएर आएपछि टनेलबाट स–साना ढुङ्गा र बालुवा छिर्दा टर्वाइनमा समेत असर परेको  छ छ । पावर हाउसको टेलरेसबाट पानी बग्नुपर्नेमा मस्र्याङदीको बाढी टेलरेसतर्फ पसेपछि क्षति पुगेको  उनले बताए । उनका अनुसार आयोजनाबाट दैनिक एक करोड बढी रुपियाँको विद्युत उत्पादन हुँदै  आएकोमा जेठ ३१ देखि बन्द हुँदा करोडौँ घाटा  परेको  छ । उनले  भने,“हामी  निरन्तर मर्मतमा छौ, छिट्टै  आयोजना  सञ्चालन गर्छौं ।”

माथिल्लो मस्र्याङ्दी ए जलविद्युत् आयोजनाका दोभाषे दयाराम दाहालले बर्खायाममा ५० मेगावाट नै विद्युत् उत्पादन हुँदा आयोजनालाई २४ घण्टामा करिब एक  करोड २० लाख रुपियाँजति आम्दानी  हुनेमा बन्द हुँदा अहिलेसम्म ३४ करोड ८० लाख रुपियाँको हाराहारीमा घाटा बेहोर्नुपरेको उनले बताए ।

उनका अनुसार बाढीले आयोजनाको विद्युत् गृहदेखि बाँध क्षेत्रसम्मका आन्तरिक पोल ३८ वटामा क्षति पु¥याएको र सबै फेर्ने काम भइरहेको छ । एक साताभित्र मर्मत सक्नेगरी काम भइरहेको उनले  बताए । उनका  अनुसार माथिल्लो मस्र्याङ्दी ए जलविद्युत् आयोजनाको बिजुली ७० मेगावाटको मध्यमस्र्याङ्दीमा लगेर जोडिएको छ । मध्यमस्र्याङ्दीको केन्द्रीय प्रसारण लाइनको ९ नं. टावर मस्र्याङ्दीको बाढीले बगाएपछि मर्मत भइरहेको छ । 

चिनियाँ लगानीमा निर्माण गरिएको यो आयोजना सन् २०१३ को जनवरीमा निर्माण सुरु भएको थियो । यो आयोजनाले २०१७ जनवरीबाट व्यावसायिक रूपमा विद्युत् उत्पादन थालेको थियो । यसमा चिनियाँ बहुराष्ट्रिय कम्पनी सिनो  हाइड्रोको ९० प्रतिशत र नेपालको  चितवन कोइ समूह (सगरमाथा हाइड्रोपावर कम्पनी)को १० प्रतिशत लगानी  छ । उक्त  आयोजना करिब १६ अर्ब रुपियाँमा निर्माण भएको हा । यो आयोजना चिनियाँ लगानीमा निर्माण भएको नेपालको पहिलो जलविद्युत् आयोजना हा ।

गोरखापत्र दैनिकमा समाचार छ ।  

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

धेरै पढिएको