Like us!
Follow us!
Connect us!
Watch us!

जनार्दन शर्मा नयाँ अर्थमन्त्री

अर्थ संसार

मंगलबार, २९ असार २०७८, १८ : १४ मा प्रकाशित

जनार्दन शर्मा नयाँ अर्थमन्त्री

नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारको अर्थमन्त्रालयको जिम्मा माओवादी केन्द्रको भागमा परेपछि अर्थमन्त्रीमा जनार्दन शर्मा अर्थमन्त्री बन्ने भएका छन् ।शर्मा पुर्व गृहमन्त्री समेत हुन्। 

यसअघि अर्थमन्त्रालय कांग्रेसको भागमा परे अर्थमन्त्रीमा ज्ञानेन्द्र बहादुर कार्कीको नाम चर्चामा थियो । 

 शर्मा संगै पम्फा भुसाल पनि उर्जामन्त्री बन्ने पक्का भएको स्रोतको दावी छ । तेस्तै नेपाली कांग्रेसबाट बालकृष्ण खाँण गृहमन्त्री र ज्ञानेन्द्रबहादुर कार्की कानून, न्याय तथा संसदीय मामिला मन्त्री बन्ने भएका छन् ।

आजै देउवाको शपथ ग्रहण कार्यक्रम राष्ट्रपति कार्यालयमा राखिएको छ भने त्यसलगत्तै मन्त्रीहरुको पनि शपथ हुनेछ । देउवाले पहिलो चरणमा सानो आकारको मन्त्रिपरिषद् गठन गर्नेछन् । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको