Like us!
Follow us!
Connect us!
Watch us!

सहुलियतपूर्ण कर्जाको ब्याज अनुदानका लागि अर्थ मन्त्रालयले ९ अर्ब ८० करोड निकासा

अर्थ संसार

शनिबार, ०४ असोज २०८२, १७ : ३२ मा प्रकाशित

सहुलियतपूर्ण कर्जाको ब्याज अनुदानका लागि अर्थ मन्त्रालयले ९ अर्ब ८० करोड निकासा

सहुलियतपूर्ण कर्जामा ब्याज अनुदान भुक्तानीका लागि अर्थ मन्त्रालयले नेपाल राष्ट्र बैंकलाई रु. ९ अर्ब ८० करोड निकासा गर्ने निर्णय गरेको छ। चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमासको लागि छुट्याइएको रकमलाई मन्त्रालयले कार्यक्रम संशोधन गरी पहिलो त्रैमासमै उपलब्ध गराउने निर्णय मन्त्रिस्तरीय तहबाट भएको हो।

अर्थ मन्त्रालयका प्रवक्ता टङ्कप्रसाद पाण्डेयका अनुसार, यसअघि सात त्रैमाससम्म वितरण गरिएका सहुलियतपूर्ण कर्जाको ब्याज अनुदान नेपाल राष्ट्र बैंकलाई सोधभर्ना गर्न ढिलाइ भएको थियो। अब रकम निकासा भएपछि बैंक तथा वित्तीय संस्थामार्फत सहुलियतपूर्ण कर्जा प्रवाह अझ सहज हुने अपेक्षा गरिएको छ।

‘सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी एकीकृत कार्यविधि, २०८२’ अनुसार कृषि तथा पशुपन्छी उत्पादनका लागि अधिकतम पाँच करोड, महिला उद्यमशीलता र स्टार्टअप व्यवसायका लागि २५ लाख, वैदेशिक रोजगारबाट फर्केका तथा शिक्षित युवा परियोजनाका लागि २० लाख र प्राकृतिक विपद् पीडितको आवास निर्माणका लागि पाँच लाखसम्म सहुलियतपूर्ण कर्जा उपलब्ध हुने व्यवस्था छ।

यी कर्जाहरूको ब्याज भुक्तानीमा सरकार स्वयंले अनुदान उपलब्ध गराउँदै आएको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको