Like us!
Follow us!
Connect us!
Watch us!

आज देशका अधिकांश स्थानहरु वर्षाको सम्भावना

अर्थ संसार

बुधबार, ३० असार २०७८, ११ : ३२ मा प्रकाशित

आज देशका अधिकांश स्थानहरु वर्षाको सम्भावना

आज देशका अधिकांश स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

महाशाखाका अनुसार अहिले देशभर मनसुनी वायुको प्रभाव रहेको छ जसका कारण वर्षा भइरहेको छ । आज बिहान देशभर सामान्य बदली रही  प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश, गण्डकी प्रदेश र सुदुरपश्चिम प्रदेशका थोरै स्थानहरुमा हल्का वर्षा भइरहेको महाशाखाले जनाएको छ। 

दिउँसो भने प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको  सम्भावना रहेको र राति पनि देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना जनाईएको छ । 

भोलि बिहीबार पनि देशभर सामान्यदेखि पूर्ण बदली रही देशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको