Like us!
Follow us!
Connect us!
Watch us!

युनियन लाइफको आईपीओ प्रि-अलटमेन्ट सम्पन्न, बाँडफाँडकाे साइत पनि जुर्याे !

अर्थ संसार

विहीबार, ३१ असार २०७८, १४ : २४ मा प्रकाशित

युनियन लाइफको आईपीओ प्रि-अलटमेन्ट सम्पन्न, बाँडफाँडकाे साइत पनि जुर्याे !

युनियन लाइफ इन्स्याेरेन्स कम्पनी लिमिटेडकाे साधारण सेयर (आईपीओ) काे प्रि-अलटमेन्ट आज (बिहीबार) सम्पन्न भएकाे छ । कम्पनीकाे आईपीओको प्रि-अलटमेन्ट बिहीबार सम्पन्न गरिएकाे निष्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडका प्रमुख अपरेटिङ्ग अफिसर कृष्ण गिरीले जानकारी दिएका छन् । उनका अनुसार सकेसम्म आज बेलुकासम्म नै बाँडफाँड गर्ने तयारी गरिएकाे छ ।

प्रि-अलटमेन्ट सम्पन्न भएपछी सो को जानकारी नेपाल धितोपत्र बोर्ड तथा सिडिएसलाई दिइन्छ र त्यहाँबाट अनुमतिपछी आईपीओको बाँडफाँड गरिने प्रावधान छ । 

कम्पनीकाे आईपीओमा कुल २१ लाख ८२ हजार ७ सय ७५ आवेदन परेकाेमा दाेहाेराे आवेदनका कारण ४ हजार ८ सय एक जना आवेदककाे आवेदन रद्द भएकाे छ । त्यस्तै अन्य कारणले ६५ हजार एक सय ७५ जना आवेदककाे आवेदन अन्य कारणले रद्द भएकाे छ । २१ लाख १२ हजार ७ सय ९९ जना याेग्य आवेदक रहेका छन् । जस अनुसार ५ लाख ८० हजार ५ सय जना आवेदकले १० कित्ता सेयर हात पार्नेछन् ।

कम्पनीले असार २४ गते, बिहीबारबाट असार २८ गते, साेमबारसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ६४ करोड ५० लाख रुपैयाँ बराबरको ६४ लाख ५० हजार कित्ता साधारण सेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गरेकाे हाे । जसमध्ये ५ प्रतिशत अर्थात ३ लाख २२ हजार ५०० कित्ता कम्पनीका कर्मचारीहरुलाई सुरक्षित गरिएको छ । ५ प्रतिशतले नै हुन आउने ३ लाख २२ हजार ५०० कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइ बाँकी रहेको ५८ लाख ५ हजार कित्ता सर्वसाधारणका लागि छुट्याइएकाे थियाे ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको