Like us!
Follow us!
Connect us!
Watch us!

पुँजीगत लाभकरको नयाँ व्यवस्था आइतबारबाट लागु हुने, कसले कति तिर्नुपर्छ ?

अर्थ संसार

शुक्रबार, ०१ साउन २०७८, ०९ : ०४ मा प्रकाशित

पुँजीगत लाभकरको नयाँ व्यवस्था आइतबारबाट लागु हुने, कसले कति तिर्नुपर्छ ?

गत महिना जेठ १५ गते सार्वजनिक चालु आर्थिक बर्षको बजेटले व्यबस्था गरे बमोजिमको पुँजीगत लाभकरको नयाँ व्यवस्था आज साउन १ गतेबाट लागुहुने भएको छ । आज शुक्रबार सेयरबजारमा कारोबार नहुने भएकाले यसको कार्यन्यन भने आईतबारको कारोबारबाट मात्र हुने छ ।

बजेटले अल्पकालिन लगानीकर्ता र दिर्घकालिन लगानीकर्ताहरुका लागि फरक फरक पुँजीगत लाभकरको व्यबस्था गरेको थियो । बजेटको नयाँ ब्यबस्था अनुसार अब अल्पकालिन लगानीकर्ताहरुले ७.५० प्रतिशत पुँजीगत लाभकर तिर्नुपर्ने छ भने दिर्घकालिन लगानीकर्ताहरुले ५ प्रतिशत मात्र पुँजीगत लाभकर तिर्नुपर्ने छ । 

बजेटको नयाँ व्यबस्था अनुसार अब सेयर किनेको १ बर्ष भन्दा कम अवधिमा सेयर बेच्ने लगानीकर्ताहरुले सेयरबाट कमायको मुनाफाको ७.५० प्रतिशत पुँजीगत लाभकर तिर्नुपर्ने छ भने एक बर्ष भन्दा बढि अवधि पुगेको सेयर बेच्ने लगानीकर्ताहरुले भने ५ प्रतिशत मात्र पुँजीगत लाभकर तिर्नुपर्ने छ । 

यो बजेटको नयाँ व्यबस्था आउनुपुर्ब अल्पकालिन तथा दिर्घकालिन दुबै प्रकृतिका लगानीकर्ताहरुबाट समान ५ प्रतिशत पुँजीगत लाभ कर लिने गरिन्थ्यौँ । त्यस्तै संस्थागत रुपमा सेयर कारोबार गर्नेहरुले भने १० प्रतिशत पुँजीगत लाभकर तिर्नुपर्ने व्यबस्था छ । 

बजेटले व्यबस्था गरे अनुसारको लाभकर गणना गर्ने सिस्टम विकास भइसकेका सिडिएससीले जनाएको छ । सिडिएससीका अनुसार आईतबारको कारोबार बाट नै नयाँ व्यबस्था अनुसारको लाभकर गणना गरिने जनाएको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको