Like us!
Follow us!
Connect us!
Watch us!

बजेटमार्फत सेयर कारोबारको क्यापिटल गेन ट्याक्स घटाउने तयारी

अर्थ संसार

सोमबार, ०९ जेठ २०७९, ११ : ४१ मा प्रकाशित

बजेटमार्फत सेयर कारोबारको क्यापिटल गेन ट्याक्स घटाउने तयारी

आगामी बजेटमार्फत सेयर कारोबारमा लाग्दै आएको पुँजीगत लाभकरको सिमा घटाउने तयारी भएको बुझिन आएको छ। नेपाल धितोपत्र बोर्डले पनि पुँजीगत लाभकर घटाउन सुझाव पठाएको छ। सेयर बजार निरन्तर ओरालो लागेको बेला लगानीकर्तालाई राहत महसुस गराउन र सरकार पुँजीबजारप्रति सकारात्मक छ भन्ने संदेश प्रवाह गर्न पनि पुँजीगत लाभकरको दर घटाउनुपर्छ भन्ने निष्कर्षमा अर्थमन्त्रालय पुगेको बताईएको छ। 

अहिले १ बर्षभन्दा कम समय होल्ड गरिएका कम्पनीहरुको बिक्रिमा नाफाको ७.५% र १ बर्षभन्दा बढी समय होल्ड गरिएका कम्पनीहरुको बिक्रीमा नाफाको ५% पुँजीगत लाभकर तिर्नुपर्ने व्यवस्था गरिएको छ। गत वर्षको बजेटमार्फत तत्कालिन अर्थमन्त्री विष्णु पौडेलले सो समय बढ्दो सेयर कारोबारको विश्लेषण गरेर सेयर कारोबारको पुँजीगत लाभकर पनि राजस्वको एउटा राम्रो माध्यम हुनसक्छ भन्दै पुँजीगत लाभकरलाई अल्पकालीन र दिर्घकालिनमा छुट्याई अल्पकालीन कारोबारको लाभकर ५% बाट ७.५% पुर्याएका थिए। 

अहिले सेयर कारोबार पनि निकै न्यून हुँदै गएकाले पुँजीगत लाभकरमार्फत खासै धेरै राजस्व उठ्ने अवस्था नरहेको र बरु ७.५% लाई ६% तिर झारियो भने कारोबार पनि केहि बढ्न सक्ने अनि सेयर लगानीकर्ताहरुलाई सरकारले केहि गर्यो है भन्ने पनि हुने हुँदा अहिलेलाई क्यापिटल गेन ट्याक्स ६% मा झर्ने तयारी भैरहेको बुझिन आएको छ। 

बजेटमार्फत पुँजी बजारलाई प्रत्यक्ष रुपमा सम्बोधन हुने गरी के गर्न सकिन्छ भनी अर्थमन्त्रीले जिज्ञासा राखेका थिए। सेयर धितोकर्जामा लाग्दै आएको ४/१२ करोडको क्याप र जोखिम भारको कुरा लगानीकर्ताहरुले सर्वाधिक उठाएको विषय भएता पनि ती विषयहरु राष्ट्र बैंकसँग सम्बन्धित भएको हुँदा अर्थमन्त्रालय नै प्रत्यक्ष रुपमा गर्न सक्ने भनेको सेयर कारोबारमा हाल लगाउँदै आईएको पुँजीगत लाभकर (क्यापिटल गेन ट्याक्स) घटाउने हो भन्ने सल्लाह अर्थमन्त्रीलाई दिईएको जानकारी पनि प्राप्त भएको छ।  

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको