Like us!
Follow us!
Connect us!
Watch us!

अपि पावरको हकप्रद सेयर बाँडफाँड, अवितरित २.१५ लाख कित्ता लिलामीमा जाने

अर्थ संसार

शुक्रबार, ०१ साउन २०७८, ०९ : ३५ मा प्रकाशित

अपि पावरको हकप्रद सेयर बाँडफाँड, अवितरित २.१५ लाख कित्ता लिलामीमा जाने

अपि पावर कम्पनी लिमिटेडले २९.३८ प्रतिशत हकप्रद सेयर बाँडफाँट गरेको छ । कम्पनीले गत महिना जेठ २० गतेदेखि असार १३ गतेसम्म हकप्रदमा आवेदन खुल्ला गरेको थियो ।   

कम्पनीको हकप्रदमा रितपूर्वक आवेदन दिने ८८ हजार ९२२ जना सेयरधनीहरुलाई ५४ लाख ५४ हजार ४०१ कित्ता सेयर बाँडफाँट गरेको हो । अपि पावरले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरको ५६ लाख ७० हजार कित्ता हकप्रद शेयर विक्री खुला गरेकोे थियो । यो पटक कम्पनीको २ लाख १५ हजार ५९९ कित्ता सेयर वितरण हुन सकेन । 

कम्पनीले यो  पटक वितरण हुन नसकेको सेयर लिलामी प्रकृयाबाट विक्री गर्नेछ । कम्पनीले यो हकप्रद सेयर प्रयोजनका लागि वैशाख २९ गते बुक क्लोज गरेकाले वैशाख २८ गतेसम्म कायम शेयरधनीहरुले मात्र यो हकप्रद शेयर खरीद गर्न सक्ने व्यवस्था थियो । 

हकप्रद बाँडफाँटमा सेयर नपरेका सेयरधनीहरुको रकम साउन ३ गतेदेखि फिर्ता भुक्तानी गरिने कम्पनीले जनाएको छ । हकप्रद सेयर बिक्रि प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड तथा मुक्तिनाथ विकास बैंक लिमिटेडको शाखा कार्यालयहरु मार्फत दरखास्त बुझाउनेहरुको हकमा सोही स्थानबाट र ग्लोबल आइएमई बैंक लिमिटेडको शाखा कार्यालय तथा अपि पावर कम्पनी लिमिटेडमार्फत दरखास्त बुझाउनेको हकमा सम्बन्धीत कम्पनीमार्फत रकम फिर्ता भुक्तानी गरिने छ । 

यो दोस्रो चरणको हकप्रद हो । यसअघि पहिलो चरणमा कम्पनीले गत कार्तिक १४ गते, शुक्रबारदेखि मंसिर ४ गते, बिहीबारसम्म चुक्ता पुँजी १ अर्ब  १९ करोड ७ लाख बराबरको प्रति सेयर १ः०४७६ को अनुपातमा ५६ करोड ७० लाख रुपैयाँ बराबरको प्रति सेयर एक सय अंकित दरका ५६ लाख ७० हजार कित्ता हकप्रद सेयर निष्कासन गरेको थियो ।

60f1044843986.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको