Like us!
Follow us!
Connect us!
Watch us!

सर्भरमा ह्याकरको आक्रमण भएकाे छैन, सबै डाटा सुरक्षित छ : नेपाल टेलिकम

अर्थ संसार

शुक्रबार, ०१ साउन २०७८, १२ : ३८ मा प्रकाशित

सर्भरमा ह्याकरको आक्रमण भएकाे छैन, सबै डाटा सुरक्षित छ : नेपाल टेलिकम

नेपाल टेलिकमले सर्भरमा ह्याकरको आक्रमण नभएको र सम्पूर्ण डाटा सुरक्षित रहेको जानकारी दिएकाे छ ।

नेपाल टेलिकमको सर्भरमा ह्याकर समूहद्वारा आक्रमण गरिएको र कम्पनीको डाटा रेकर्ड चोरी गरी बिक्रीमा राखिएको भन्ने सम्बन्धमा गत असार २७ गते विभिन्न सञ्चार माध्यममा समाचार प्रकाशित भएपश्चात डाटा सुरक्षासम्बन्धी गाम्भीर्यता मनन गरी कम्पनीले शंकाको घेरामा रहेको उपकरण तत्काल बन्द गरी छानबिन शुरु गरेको थियो । 

कम्पनीका सम्बन्धित विज्ञहरुबाट विस्तृत छानबिन पश्चात् कम्पनीको कुनैपनि डाटा चोरी नभएको र समाचारहरुमा उल्लेख गरिएको दाबीमा कुनैपनि सत्यता नरहेको निष्कर्ष निकालिएको वास्तविकता जनाएकाे छ ।

ग्राहकसँग सम्बन्धित डाटा सुरक्षित राख्न नेपाल टेलिकमले विभिन्न सुरक्षात्मक संयन्त्रहरु अपनाउँदै आइरहेको र आगामी दिनमा समेत ग्राहकका विवरणहरु सुरक्षित राख्नका लागि कम्पनी प्रतिवद्ध रहेको टेलिकमका प्रवक्ता राजेश जोशीले बताएका छन् ।


 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको