Like us!
Follow us!
Connect us!
Watch us!

संविधान दिवसमा टेलिकमको अफर, सुविधा कसरी लिने ?

अर्थ संसार

विहीबार, ०२ असोज २०८२, १० : ३८ मा प्रकाशित

संविधान दिवसमा टेलिकमको अफर, सुविधा कसरी लिने  ?

नेपाल टेलिकमले ‘संविधान दिवस अफर २०८२’ ल्याएको छ । २ देखि ४ असोजसम्म लागु हुने यस अफर अन्तर्गत ४९ रुपैयाँमा एक दिन चलाउन सकिने एक एमबीपीएस अनलिमिटेड डेटा र टेलिकमकै नेटवर्क भित्र कल गर्न सकिने १०० मिनेट अन नेट भ्वाइस सेवा उपलब्ध हुनेछ ।

त्यसैगरी, डेटा प्याकेज अन्तर्गत १११ रुपैयाँमा पाँच दिनसम्म चलाउन सकिने ६ जीबी डेटा, १९९ रुपैयाँमा सात दिनसम्म चलाउन सकिने १३ जीबी डेटा, २९९ रुपैयाँमा १२ दिनसम्म चलाउन सकिने २० जीबी डेटा र ३९९ रुपैयाँमा १५ दिन चलाउन सकिने ३० जीबी डेटा प्याकेज उपलब्ध हुने टेलिकमले जनाएको छ ।

अफर अन्तर्गत ७८९ रुपैयाँमा फेस्टिभ कम्बो प्याक पनि लिन सकिनेछ । प्रिपेड मोबाइल प्रयोगकर्ताका लागि २८ दिन र पोस्टपेड मोबाइल प्रयोगकर्ताका लागि ३० दिनसम्म चलाउन सकिने समयावधि तोकिएको सो प्याकेज अन्तर्गत ३० जीबी डेटा, सबै नेटवर्कमा कल गर्न सकिने ६०० मिनेट अल नेट भ्वाइस सुविधा र २०० अल नेट एसएमएस सुविधा उपलब्ध हुने टेलिकमले जनाएको छ ।  पोस्टपेड मोबाइल प्रयोगकर्ताले फेस्टिभ कम्बो प्याकेज वा ३० जीबी डेटा प्याकेज लिएमा मासिक रुपमा बुझाउनुपर्ने रेन्टल चार्जबाटै यो शुल्क काटिनेछ । 

*१४१५*११# डायल गरेर वा 'नेपाल टेलिकम एप’ प्रयोग गरेर यी प्याकेजहरु खरिद गर्न सकिन्छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको