Like us!
Follow us!
Connect us!
Watch us!

धितोपत्र कारोबार सञ्चालन विनियमावली संसोधन, आइतबारबाट कार्यान्वयन हुने

अर्थ संसार

शुक्रबार, ०१ साउन २०७८, १४ : १० मा प्रकाशित

धितोपत्र कारोबार सञ्चालन विनियमावली संसोधन, आइतबारबाट कार्यान्वयन हुने

नेपाल स्टक एक्सचेन्ज(नेप्से) ले धितोपत्र कारोबार सञ्चालन विनियमावली २०७५ लाई संसोधन गरेको छ । 

गत महिना असार १० गते एक विज्ञप्ती जारी गर्दै नियामक निकाय नेपाल धितोपत्र बोर्डले बोर्डले धितोपत्र कारोबार सञ्चालन विनियमावली, २०७५ को दोश्रो संशोधन स्वीकृत गरी प्रिसेसन र सेयर कारोबारको न्यूनतम मूल्यमा परिमार्जन गर्ने निर्णय गरेको थियो । यस व्यवस्थालाई आवश्यक प्रबन्ध मिलाई नेप्सेलाई कार्यान्वयनमा ल्याउन भनेको थियो ।

बोर्डले गरेको यो निर्णयलाई कार्यन्यनका लागि नेप्सेले विनियमावली संसोधन गरेको हो । यो संसोधन पछि प्रारम्भिक कारोबार सत्रमा हाल मूल्य परिवर्तन सीमा ५ प्रतिशत रहेकोमा सो सीमालाई घटाएर २ प्रतिशत कायम हुने छ भने दोश्रो बजारमा धितोपत्रको कारोबार हुँदा हाल न्यूनतम मूल्य परिवर्तन सीमा एक रूपैयाँ रहेकोमा सो सीमालाई घटाएर १० पैसा कायम गरिएको छ ।

यो संसोधित विनियमावली साउन ३ गते आईतबार देखि लागू हुने नेप्सेले जनाएको छ । 

60f143f9960b2.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको