Like us!
Follow us!
Connect us!
Watch us!

कामना सेवा विकास बैंकको खुद मुनाफामा उछाल, कति पुग्यो प्रतिसेयर आम्दानी ?

अर्थ संसार

आइतबार, ०३ साउन २०७८, ०७ : ३० मा प्रकाशित

कामना सेवा विकास बैंकको खुद मुनाफामा उछाल, कति पुग्यो प्रतिसेयर आम्दानी ?

कामना सेवा विकास बैंकले गत आर्थिक बर्ष २०७७/७८ को अपरिष्कृत वित्तिय विवरण प्रकाशित गरेको छ । प्रकाशित वित्तिय विवरण अनुसार गत आर्थिक बर्षको अन्तिमसम्ममा कम्पनीको मुनाफामा ब्यापक बृद्धि भएको देखिन्छ । 

आर्थिक वर्ष २०७७/७८ को अन्तिमसम्म आइपुग्दा बैंकले ७० करोड २ लाख रुपैँया मुनाफा आर्जन गरेको हो । पहिलो त्रैमासमा ४० करोड ४५ लाख खूद मुनाफा आर्जन गरेको थियो । जुन अघिल्लो आर्थिक बर्ष २०७६/७७ को तुलनामा करिब ६ गुणाले बढि हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ११ करोड ९७ लाख  रुपैयाँ मात्र मुनाफा आर्जन गरेको थियो । 

२०७८ असार मसान्तमा बैंकले १ अर्ब ४९ करोड रुपैयाँ ब्याद आम्दानी गरेको छ जुन अघिल्लो आर्थिक बर्षको सोहि अवधीको तुलनामा २९.९२ प्रतिशतले बढि हो । त्यस्तै बैंकको सञ्चादन मुनाफा पनि अधिल्लो आर्थिक बर्षको तुलनामा ३३.६४ प्रतिशतले बृद्धि भई १ अर्ब ८३ करोड रुपैयाँ पुगेको छ । 

आर्थिक बर्ष २०७६ ७७ को असार मसान्त सम्ममा १३ करोड ७४ लाख रुपैयाँ ऋणात्मक रहेको बैंकको वितरणयोग्य मुनाफा गत आर्थिक बर्षमा बृद्धि भएर ४३ करोड ४५ लाख रुपैयाँ सकारात्मक भएको छ । 

कम्पनीको खुद मुनाफामा बृद्धि भएसंगै कम्पनीको प्रतिसेयर आम्दानीमा पनि बृद्धि भएको छ । गत आर्थिक बर्षको अन्तिम सम्ममा कम्पनीको प्रतिसेयर आम्दानी २६ रुपैयाँ ४० पैसा पुगेको छ जुन अघिल्लो आर्थिक बर्षको अन्तिम सम्ममा २ रुपैयाँमा १६ पैसामा सिमित थियो । त्यसैगरी, समिक्षा अवधिमा बैंकको प्रतिसेयर नेटवर्थ १२० रुपैयाँ ४८ पैसाबाट बढेर १४८ रुपैयाँ ६१ पैसा पुगेको छ। 

गत आर्थिक बर्षको अन्तिम सम्ममा बैंकको चुक्ता पुँजी २ अर्ब ६५ करोड रुपैयाँ पुगेको छ । त्यस्तै बैंकको जगेडा कोषमा १ अर्ब २८ करोड रुपैयाँ रहेको छ भने सुमिक्षा अवधिमा बैंकले ३८ अर्ब ८२ करोड रुपैयाँ कर्जा लगानी गरेको छ ।  

60f388cd759c6.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको